ह्यारी पोटरमा अभिनय गरेर चर्चा पाएका बालकलाकारले त्यसयता के गरे

तस्बिर स्रोत, Getty Images
- Author, एलेक्स टेलर
- Role, मनोरञ्जन संवाददाता
ह्यारी पोटर शृङ्खलाका कलाकालहरू आफ्नो पहिलो फिल्म 'ह्यारी पोटर एण्ड द फिलोसोफर्स स्टोन'को २० औँ वार्षिकोत्सव मनाउन लाग्दा पुन: पर्दामा देखापर्दै छन्।
एचबीओ म्याक्सले 'रिटर्न टु होग्वर्टस्' ज्यानुअरी १ बाट प्रसारण हुने जनाएको छ।
ह्यारी पोटर शृङ्खलाका ड्यानियल र्याडक्लिफ, रुपर्ट ग्राइन्ट र एमा वाटसन अनि पर्दाका उनीहरूका साथीहरू पहिलो फिल्मका निर्देशक आठवटा फिल्मबारे छलफल गर्न क्रिस कोलम्बस गर्दैछन्।
बालबालिकाका रूपमा यी तीन कलाकारले निभाएको भूमिकापछि ह्यारी पोटर, रोन वीज्ली र हरमाइनी ग्रेन्जरको जीवन परिवर्तन भयो।
जे के रोलिङले बालबालिकाका लागि लेखेको पुस्तकहरूलाई फिल्म बनाएर पर्दामा देखाइएको हो। कलाकार र निर्देशक भेला हुने विशेष कार्यक्रमको सूचीमा जे के रोलिङको भने नाम उल्लेख छैन।
पहिलो फिल्म सन् २००१ को नोभेम्बर १६ मा सार्वजनिक भएको थियो। त्यसको ठ्याक्कै २० वर्ष पुग्दा विशेष कार्यक्रमको घोषणा गरिएको हो।
त्यसैले पहिलो फिल्म आएको दुई दशकपछि त्यसका मुख्य कलाकार र अन्य कलाकारहरू के गर्दैछन् भन्ने हामी यहाँ प्रस्तुत गर्दैछौं।

१. ड्यानियल र्याडक्लिफ - ह्यारी पोटर

तस्बिर स्रोत, Getty Images
पहिलोपटक १२ वर्षको उमेरमा पर्दामा देखिएका र्याडक्लिफले रोलिङको पुस्तकको प्रमुख पात्र ह्यारी पोटरको भूमिका किताबको पात्र ठ्याक्कै झल्काउने गरी गरेका थिए।
धेरै कमाएको फिल्मको मूख्य भूमिकापछि उनी छिट्टै नै धेरै पारिश्रमिक पाउने ३० भन्दा कम उमेरका कलाकारको सूचीमा परेका थिए।
सन् २००६ मा उनले रिक्की जीरभाइसको एक्स्ट्राजमा एकजना किशोरको एकदमै फरक भूमिका रहेको पात्रको अभिनय गरे। त्यसपछि पनि उनले मञ्च वा चलचित्रको पर्दामा फरक भूमिका गरे।
त्यसता भूमिकामा सन् २००७ को 'इकस'मा गरिएको अभिनय पनि पर्छ जसमा उनले केही दृश्यमा उनी नग्न हुनुपरेको थियो।
"युवा कलाकारका लागि यो एउटा अपत्यारिलो भूमिका हो। उनले ठूलो जोखिम मोल्दै छन्," त्यतिबेला १७ वर्षका उनका समकालीन ब्रिटिश कलाकार रिचर्ड ग्रान्टले भनेका थिए।
सन् २०११ मा ह्यारी पोटर शृङ्खलाको अन्तिम भागमा अभिनय गरेपछि र्याडक्लिफले द वुमन इन ब्ल्याक र किल योर डार्लिङ्स जस्ता चलचित्रमा अभिनय गरे।
उनले सन् २०१५ मा द मोर्डन ओसन चलचित्रको टोलीसँग अभिनय गरे।
अहिले ३२ वर्ष पुगेका उनले गन्स अकिम्बो र भिक्टर फ्र्याङकेस्टाइनमा अभिनय गरेका छन्।
२. एमा वाट्सन - हरमाइनी ग्रेन्जर

तस्बिर स्रोत, Getty Images
तीन मुख्य कलाकारमध्येकी एक एमा वाट्सन हरमाइनी ग्रेन्जरका रूपमा पहिलोपटक पर्दामा देखिँदा जम्मा ११ वर्षकी थिइन्।
पोटरपछि उनले गरेका अभिनयमा विविधता रह्यो। उनले पर्क्स अफ बिइङ अ वालफ्लावर, लिटल विमिन नामक पुस्तकमा आधारित चलचित्रलगायत ब्यूटी एण्ड द बिस्टमा अभिनय गरेकी छन्।
तर वाट्सन अभिनयबाहेकका कारणबाट पनि समाचारका शीर्षक बनेकी छन्।
उनी अमेरिकाको ब्राउनस्थित आइभी लिग विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढ्नका लागि सन् २००९ मा भर्ना भइन्।
एउटा पत्रिकासँगको अन्तर्वार्तामा वाट्सनले बालिकाको रूपमा छुटेको स्कुले जीवनसँग जोडिनका लागि विश्वविद्यालय भर्ना भएको बताएकी थिइन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
सन्डे टाइम्ससँग स्कुले जीवनबारे कुरा गर्दै विश्वव्यापी रुपमा चर्चा बटुलेकी कलाकार वाट्सनले भनिन्: "पहिलो दिन, म जब चमेनागृह गएँ सबै मलाई देखेर अवाक् भए… मैले आफैँलाई भन्नु परेको थियो: 'ठिकै छ, मैले गर्नसक्छु।'"
डेथ्ली ह्यालोजको छायाङ्कनका लागि एक वर्ष बिदा लिएकी उनले सन् २०१४ मा स्नातक सकिन्।
उनी एक जोशिली अभियानकर्मी पनि हुन्। संयुक्त राष्ट्रसंघको महिलातर्फको सद्भावना दूतको उनको भूमिकापछि उनी सन् २०१५ मा टाइम म्यागजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा परिन्।
गत वर्ष, अभिनयबाट पछि हट्ने योजनामा उनी छिन् भन्ने विवरण साँचो नभएको उनले बताएकी थिइन्।
३. रुपर्ट ग्राइन्ट - रोन वीज्ली

तस्बिर स्रोत, Getty Images
रोनको रूपमा ग्राइन्टले खेलेको भूमिकाका लागि उनलाई धेरैले मन पराएका थिए, तर पोटर शृङ्खला सकिएपछि उनले आफूलाई फिल्मबाट टाढा राखे।
इन शिरिनको म्युजिक भिडिओ लेगो हाउसमा सन् २०११ मा देखिएका उनले सार्वजनिक जीवनमा फेरि इन्टु द ह्वाइटमार्फत गरे। त्यसपछि उनले खेलेका अन्य चलचित्रमा सन् २०१५ को मुनवाकर्स पनि पर्छ।
ग्राइन्ट मञ्चहरूमा पनि देखा परे। उनले सन् २०१४ मा ब्रोडवे प्रोडक्सनको इट्स वान्ली अ प्लेमा मुख्य भूमिका निभाए जसमा म्याथ्यु ब्रोडरिक र नेथन लेन पनि थिए।
यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
YouTube पोस्ट समाप्त
ग्राइन्ट गत वर्ष एकपटक फेरि समाचारका शीर्षक बने जब उनले आफू पिता भएको खुलासा गरे। इन्स्टाग्राममा पहिलो पोष्ट गर्दै उनले छोरीको तस्बिर राखेका थिए।
सामाजिक सञ्जालमा खाता खोल्न आफू केवल १० वर्ष ढिला भएको भनेर ठट्टा पनि गरेका थिए।
४. टम फेल्टन - ड्रेको माल्फोए

तस्बिर स्रोत, Getty Images
होग्अर्टस्मा अभिनय सक्ने बित्तिकै फेल्टन अर्को ठूलो लगानीको फिल्म प्लानेट अफ द एप्समा अभिनय गर्ने मौका पाए। सन् २०११ मा बनेको यो फिल्ममा पनि उनको भूमिका खलनायकको नै थियो।
त्यसयता उनले टेलिभिजन कार्यक्रममा आफ्नो पेशा केन्द्रित गरेका छन्। उनले मर्डर इन द फर्स्ट, द फ्ल्यास र यूट्युब शृङ्खला ओरिजिनमा अभिनय गरेका छन्।
उनले आफ्नो समय सङ्गीतमा पनि दिएका छन्। उनले सन् २००८ यता आफ्नै गीत पनि सार्वजनिक गरेका छन् र जेम्स आर्थरको इम्प्टी स्पेसमा पनि सन् २०१८ मा देखा परेका छन्।
३४ वर्षीय उनी पोटरमा खेलेको ड्रेकोको भूमिकालाई लिएर अझै पनि सामाजिक सञ्जालमा आफ्ना प्रशंसकलाई प्रतिक्रिया जनाउँछन्। गत महिना ह्यालोइनका बेला उनले ह्यारीको जस्तै लुगा पनि लगाएर देखिएका थिए।
ह्यारी पोटरका कलाकारहरू पुन: भेट्न लागेको भन्ने घोषणापछि उनले ट्वीटरमा लेखे, "विद्यालयबाट घर फर्किन लागेजस्तै हो यो?"
५. म्याथ्यु लुविस - नेभल लङबटम

तस्बिर स्रोत, Getty Images
ह्यारी पोटरमा नेभल लङबटमको भूमिका निभाए यता लुविसले थुप्रै टेलिभिजन, फिल्म र नाटकमा अभिनय गरिसकेका छन्।
सन् २०१६ मा मी बिफोर यू चलचित्रमा अभिनय गर्नुअघि उनी बीबीसीको ह्याप्पी भ्याली र डेथ इन प्याराडाइजमा देखा परेका थिए। उनी अहिले भने च्यानल फाइभको अल क्रियचर्स ग्रेट एण्ड सम्लमा देखापरेका छन्।
उनले आफ्नो व्यक्तिगत जीवन भने व्यवस्थित गरेका छन्। उनले लामो समयकी आफ्नी प्रेमिका एन्जेला जोनससँग सन् २०१८ मा विवाह गरे। उनीहरूको भेट ह्यारी पोटरकै एउटा कार्यक्रममा युनिभर्सल स्टुडियोमा भेट भएको थियो।
अहिले ३२ वर्षीय उनी लिडस् युनाइटेडमा क्लबका पूर्व स्ट्राइकर जर्मेइन् बेक्फोर्डसँग पोडकाष्ट चलाउँछन्।
सबै कलाकारहरू भेटिन लागेकोबारे उनले लेखे: "यो नयाँ वर्षका दिन... हामी खास कारणले भेट्दै छौँ।"









