नेपाल सन्दर्भः धेरै बिजुली प्रयोग गर्ने उपभोक्ताले कहिलेदेखि महसुलमा छुट पाउँछन्? मन्त्री पम्फा भुसालसँग विशेष अन्तर्वार्ता
नेपालमा उपभोक्ताहरूले प्रयोग गर्दै आएको बिजुलीमा मङ्सिर १ गतेबाट देशभरि नयाँ महसुल लागु भएको छ।
विद्युत् नियमन आयोगले गत महिना गरेको निर्णयबमोजिम नयाँ महसुल लागु गरिएको अधिकारीहरूले बताएका छन्।
सिङ्गल फेज र थ्री फेजबाट विद्युत् लिएका उपभोक्ताका हकमा बेग्लाबेग्लै र टीओडी मिटर लिएका सिँचाइ उपभोक्ताका लागि छुट्टै महसुलदर कायम गरिएको छ।
मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्ने विपन्न वर्गका उपभोक्तालाई नि:शुल्क बिजुली उपलब्ध गराउने सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् घोषणा गरेको थियो।
नेपाल विद्युत् प्राधिकरणले मङ्सिर १ गतेबाटै नयाँ महसुलदर अनुसार बिलिङ गर्ने अधिकारीहरूले बताएका छन्।
परिवर्तित महसुलदर अनुसार अधिकांश उपभोक्तालाई फाइदा पुग्ने अधिकारीहरूको दाबी छ।
यसै सेरोफेरोमा बीबीसी नेपाली सेवाको साप्ताहिक 'नेपाल सन्दर्भ' कार्यक्रमका लागि गनी अन्सारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग टेलिफोनमार्फत् कुराकानी गरेका छन्।
सुन्नुहोस् उनीसँग गरिएको कुराकानी।