टी२० विश्वकप: भारत-पाकिस्तानका पाँच चर्चित क्रिकेट खेलहरू

विश्वकपमा भेट्दा भारतले सबै सात खेल जितेको छ।

तस्बिर स्रोत, Getty Images

आइतवार साँझ निकै व्यग्रता साथ प्रतीक्षा गरिएको र सबैभन्दा प्रतिस्पर्धात्मक ठानिने क्रिकेट खेलका लागि भारत र पाकिस्तान टी२० विश्वकपमा भेट्दै छन्।

दुई देशबीचको राजनीतिक तनावले गर्दा यी देशहरू विश्वकपजस्ता मुख्य प्रतिस्पर्धाबाहेक बिरलै जुट्ने गरेका छन्।

अहिलेसम्म विश्वकपमा भेट्दा भारतले सबै सात खेल जितेको छ।

उनीहरू अन्तिमपटक सन् २०१९ मा इङ्ल्यान्डमा आयोजित विश्वकपमा आमनेसामने भएका थिए।

विश्वकपमा यी दुई देशबीच भएका रोामाञ्चक पाँच खेलहरू यस्ता छन्:

सन् १९९६ को विश्वकप

भारतीय सहर बैङ्लोरमा भएको क्वाटरफाइनल खेल प्रशंसकहरूमा निकै प्रिय छ।

ब्याटिङका लागि सुरुमा अवसर पाएको भारतले ८ विकेट गुमाउँदै २८७ रन बनाएको थियो।

नभजीत सिंह सिन्धुले ९३ रन बनाएका थिए र अजय जडेजाले २५ बल मात्र खेलेर ४५ रन बनाएका थिए।

उता सहज रूपमै मैदानमा उत्रिएको पाकिस्तानले सुरुवाती ब्याट्सम्यान आमिर सोहेल र सइद अनवरबाट १० ओभरमा ८४ रन बनाएको थियो।

त्यसपछि जे भयो त्यो भारत-पाकिस्तान प्रतिद्वन्द्व झल्काउने विशेष क्षणका रूपमा हेरिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

सोहेलले बललाई चौका प्रहार गरेपछि बलर वेङ्कटेस प्रसाद नजिक गए र उनलाई उक्साउने गरी ब्याटले मैदानको बाहिर देखाए।

लगत्तैको बल विकेटमा बजारियो, सोहेल आउट भए र प्रसादले बदला लिए।

त्यसको खुसीयाली मनाउने क्रममा प्रसाद दौडिए र भिड उर्लियो।

भारतले ३८ रनले खेल जित्दै पाकिस्तानलाई प्रतिस्पर्धाबाटै बाहिर निकाल्न सफल भयो।

सन् २००३ को विश्वकप

तीन अफ्रिकी देशहरूमा खेलिएको उक्त खेल समेत कम रोचक छैन।

सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौती प्रस्तुत गरेको थियो।

सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौति प्रस्तुत गरेको थियो।

तस्बिर स्रोत, Getty Images

त्यसलाई पछ्याउने क्रममा तीव्र गतिका बलरहरू वसिम अक्रम, वकार युनिस र सोएब अक्तरसामु भारतले ठूलो चुनौती सामना गर्‍यो।

तर भारतसँग सचिन तेन्दुलकर थिए जसले चमत्कारिक ब्याटिङले कयौँ छक्का र चौकाहरू प्रहार गर्दै ७५ बलबाट ९८ रन जुटाए।

युवराज सिंह र राहुल द्रविडले २६ बल बाँकी छँदा भारतलाई जित दिलाए।

भारतसँग सचिन तेन्दुलकर थिए जसले चमत्कारिक ब्याटिङले कयौँ छक्का र चौकाहरू प्रहार गर्दै ७५ बलबाट ९८ रन जुटाए।

तस्बिर स्रोत, Getty Images

सन् २००७ को टी२० विश्वकप फाइनल

चौध वर्षअघि महेन्द्र सिंह धोनीले दक्षिण अफ्रिकामा भएको प्रतिस्पर्धामा भारतलाई पहिलो टी२० विश्वकप जिताएका थिए।

त्यसबेला भारतलाई उक्त प्रतिस्पर्धा जित्न सक्ने टोलीको रूपमा धेरैले हेरेका थिएनन्।

त्यो नयाँ शैलीको खेल थियो र भारतले सचिन तेन्दुल्कर, सौरभ गांगुली र राहुल द्रविडको भरमा धमाकेदार प्रदर्शन गर्‍यो।

खेलको अन्तिम ओभर खासै लोकप्रिय नरहेका बलर जोगिन्दर शर्मालाई दिने धोनीको निर्णयले गर्दा धेरै भारतीय प्रशङ्सकहरू मन ढुकढुक पारेको थियो।

तस्बिर स्रोत, Getty Images

त्यस वर्षको सुरुतिरै सन् २००७ को विश्वकपमा बाङ्लादेश र श्रीलङ्कासँग पराजित हुँदै लज्जाजनक हार व्यहोरेकोले भारतका कप्तान धोनीसामु उल्लेख्य दबाव थियो।

भारतले सुरुमा ब्याटिङ गर्दै १५७ रन बनायो।

खेलको अन्तिम ओभर खासै लोकप्रिय नरहेका बलर जोगिन्दर शर्मालाई दिने धोनीको निर्णयले गर्दा धेरै भारतीय प्रशंसकहरू मन ढुकढुक पारेको थियो।

मिस्बाह-उल-हक स्ट्राइकमा थिए। र जितका लागि पाकिस्तानलाई ६ बलबाट १३ रन चाहिएको थियो।

पहिलो दुई बलमा शर्माको बलमा एउटा छक्का भएपछि भारतीय पक्षमा सन्नाटा छायो।

धोनीले शर्मालाई सम्हाल्न सके।

चार बलबाट जित्नका लागि छ रन चाहिँदा उल-हकले बल त उठाउन सके तर त्यो एस श्रीनाथको हातमा पुगेसँगै भारतले जित हासिल गर्‍यो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

सन् २०११ को विश्वकप

शानदार क्वाटरफाइनलमा अस्ट्रेलियालाई जितेपछि भारत आफ्नै सहर मोहालीमा पाकिस्तानविरुद्ध सेमिफाइनलमा जुटेको थियो।

१६६ जनाको ज्यान गएको सन् २००८ को त्रासदीपूर्ण मुम्बई हमलापछि दुई देशबीच बढेको तिक्ततामाझ उक्त घटनापछि दुई देश पहिलो पटक खेल्दै थिए।

तीन वर्षअघिको उक्त हमलाका लागि भारतले पाकिस्तानमा रहेको लडाकु समूह लस्कर-ए-तोइबालाई दोष दिएको थियो।

त्यसलाई 'सबै युद्धहरूको जननी' ठान्दै खेल हेर्न दुवै देशका प्रधानमन्त्रीहरू उपस्थित भएका थिए।

सन् २०११ को खेललाई 'सबै युद्धहरूको जननी' ठान्दै खेल हेर्न दुवै देशका प्रधानमन्त्रीहरू उपस्थित भएका थिए।

तस्बिर स्रोत, Getty Images

भारतले टस जितेर ब्याटिङ रोज्यो र सचिन तेन्दुलकर र वीरेन्द्र सेहवाग सुरुवाती ब्याट्सम्यानको रूपमा मैदानमा उत्रिए।

छैटौँ ओभरमा सेहवाग खेलमा बाहिरिए। पाकिस्तानी बलहरूले चार पटक तेन्दुलकरलाई आउट गर्ने असफल प्रयासहरू गरे तापनि उनले ८५ रन बनाउन सके।

सुरेश रैना ३६ रन बनाउँदा रनको पूर्ण अङ्क २६१ पुग्यो।

पाकिस्तानका सुरुवाती ब्याट्सम्यान मोहम्मद हाफिजले ४३ रन बनाउन सके तापनि भारतले कसिलो बलिङ र फिल्डिङ्गमार्फत् पाकिस्तानलाई दबावमा राख्न सक्यो।

पाकिस्तानले २९ रनले खेल हार्‍यो भने भारतले आफ्नो दोस्रो विश्वकप उचाल्यो।

सन् २०१९ को विश्वकप

इङ्गल्यान्डको म्यानचेस्टरमा भारतले पाकिस्तानसामु निकै ठूलो ३३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

पाकिस्तानले टस जित्दै बलिङ रोजेको उक्त खेलमा भारतका सुरुवाती ब्याट्सम्यान रोहित शर्मा र केएल राहुले १३६ रन जोडेका थिए।

राहुल ५७ रनमा खेलबाट बाहिरिएका थिए।

रोहित शर्माले ११३ रनमा १४० रन बनाउने क्रममा पाकिस्तानी बलरहरूलाई दबाबमा राखिराखे।

तस्बिर स्रोत, Getty Images

शर्माले ११३ रनमा १४० रन बनाउने क्रममा पाकिस्तानी बलरहरूलाई दबावमा राखिराखे।

कप्तान विराट कोहलीले ६५ बलमा ७७ रन बनाएका थिए।

पाकिस्तानका फखर जमान र बाबार आजमले क्रमश: ४८ बलमा ६२ र ५७ बलमा ७५ रन बनाएका थिए तर कुलदीप यादवले दुवै ब्याट्सम्यानलाई आउट गर्न सफल भए।

वर्षाको असरले कयौँपटक ढिलो हुँदै सुरु भएको उक्त खेल अन्तिममा निलो भारतका लागि सहज जितमा परिणत भयो।