रेलमार्गमा कार चलाएको 'मूर्खतापूर्ण कार्य' सीसीटीभीमा कैद

भिडिओ क्याप्शन सुरु हुँदैछ, रेलमार्गमा गाडी चलाएको कार्यलाई प्रहरीले 'मूर्खतापूर्ण' भनेको छ

रेलमार्गमा कार चलाएर रेल सेवा आठ घण्टा ढिलो गराएका एक व्यक्तिलाई इङ्गल्यान्डमा १५ महिना जेल सजाय तोकिएको छ।

आरोन ओ'हालोरनले मे ९ मा बर्मिङ्घममा दुई रेल स्टेशनबीचको ८०० मिटर रेलमार्गमा कार चलाएको सीसीटीभीमा रेकर्ड भएको थियो।

प्रहरीका अनुसार ती ३२ वर्षीया ब्रिटिश नागरिकका 'मूर्खतापूर्ण कार्यका' २३ हजार पाउन्डभन्दा बढीको क्षति भएको थियो।

उनलाई दुई वर्षसम्म सवारी चलाउनबाट रोक पनि लगाइएको छ।

एक अदालतको जुरीले ओ'हालोरनलाई खतरानाक कार्य, बिमाबिना गाडी चलाएको र रेल यात्रुको जीवन जोखिममा पारेको कसुरमा दोषी ठहर गरेको थियो।

कालो मित्सुविसी गाडी चलाएका उनले अदालतमा भएको सुनुवाईका क्रममा आफूले गाडी नचलाएको बताएका थिए।

ब्रिटिश यातायात प्रहरीका अनुसार उनी गाडी रेलमार्गमै तेर्सो छोडेर भागेका थिए। भाग्दा उनले मोबाइल फोन छोडेका कारण उनलाई पहिचान गरेर पक्रन सजिलो भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनले 'धेरै खतरनाक र मूर्खतापूर्ण कार्य' गरेको बताएको छ।

आरोन ओ'हालोरन

तस्बिर स्रोत, British Transport Police

"धन्न उनको यस्तो कार्यले कसैलाई केही भएन" घटनाको अनुसन्धान गरेका प्रहरी निरिक्षक रेमण्ड एस्कटले भने।

"अब उनीसँग जेलमा बसेर आफ्नो मूर्खतापूर्ण कार्यको बारेमा सोच्ने यथेष्ट समय हुनेछ।"

ओ'हालोरनलाई बर्मिङ्घम क्राउन कोर्टमा अगस्ट २३ का दिन उक्त सजाय सुनाइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुइटा विश्वयुद्ध र आर्थिक मन्दीहरू खेपेको यो पसलले कसरी कोभिड महामारी झेल्यो?