इरानको जेलमा बन्दीसँग दुर्व्यवहार, ह्याकरद्वारा सीसीटीभी दृश्य सार्वजनिक

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानको जेलमा बन्दीसँग यस्तो दुर्व्यवहार

ह्याकरहरूले तेहरानस्थित एभिन जेलमा कैदीबन्दीहरूसँग दुर्व्यवहार भएको सीसीटीभी दृश्य सार्वजनिक गरिदिएपछि इरानको कारागार सेवाका प्रमुखले क्षमा मागेका छन्।

उक्त जेलमा धेरै राजनीतिक बन्दी र विदेशीहरूलाई राखिएको छ।

ह्याकरहरूले सार्वजनिक गरेको दृश्यमा जेलका सुरक्षाकर्मीहरूले बन्दीलाई कुटेको र एक जनालाई भुइँमा घिसारेको देखिन्छ।

दुर्व्यवहार "अस्वीकार्य" भएको बताउँदै मोहम्मद मेहदी हज-मोहम्मदीले ती घटनाको जिम्मेदारी आफूले लिने बताएका छन्।

अनि यो पनि