चिम्पान्जीः नेपालबाट नाइजिरिया फिर्ता पठाउन प्रमाण पुगेन, स्याहार गर्ने कर्मचारी भन्छन्, 'चिम्पू र चम्पालाई जसरी आफ्नै बच्चा पनि हुर्काएको छैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'चिम्पू र चम्पालाई जसरी आफ्नै बच्चा पनि हुर्काएको छैन'

सदर चिडियाखानामा राखिएका चिम्पू र चम्पा नामका चिम्पान्जीलाई नाइजिरिया फिर्ता पठाउन आवश्यक प्रमाण नपुगेको संरक्षण अधिकारीले बताएका छन्।

सन् २०१८ मा नाइजिरियाबाट टर्की हुँदै तस्करले ती चिम्पान्जीलाई नेपाल ल्याएका थिए।

तर आवश्यक प्रमाण नपुगेकोले नयाँ खोर बनाएर जावलाखेलस्थित चिडियाखाना मै प्रदर्शनीमा राख्ने योजना बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

फेला पर्दा साढे तीन केजीको चिम्पू र चार किलोकी चम्पा अहिले क्रमश: १७ र १९ किलोका भएका छन्। पहिला निकै बिरामी पर्ने उनीहरू अहिले स्वस्थ छन्।

उद्‌धार गरिएका वन्यजन्तुलाई सम्बन्धित मुलुकमै फिर्ता गरिनुपर्ने भए पनि प्रमाणका कारण नेपालमै राखिने भएपछि उनीहरूको रेखदेख गर्दै आएका रामकाजी पहरीले निकै खुसी व्यक्त गरे।

गुफा, हाँगाबिँगा, पानीसहितको वातानुकूलित खोर बनाउन निर्धारित समयमा आवश्यक बजेट निकासा भएमा झन्डै एक वर्षभित्र ती चिम्पान्जी प्रदर्शनमा राखिने छ।

थप जानकारीका लागि हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि