फिलिपिन्सको हवाई दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु, ४० जनाको उद्धार

दुर्घटना

तस्बिर स्रोत, Reuters

फिलिपिन्समा ९२ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ।

सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।

देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन्।

अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ।

उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ।

दुर्घटना

तस्बिर स्रोत, Reuters

स्थानीय समयानुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा दक्षिणी भूभागमा उग्रवादी अबु सैय्यफ समूहसँग लड्न सैन्य बल बढाउने योजना अन्तर्गतका सैनिकहरू रहेको बताइएको छ।

"धावनमार्ग छोड्यो, फेरि उड्न खोज्यो तर सकेन," सशस्त्र प्रमुख किरिलिटो सोबेजानाले बताए।

फिलिपिन्सको राज्य सञ्चालित समाचार संस्थाले प्रकाशन गरेको तस्बिरमा बस्ती नजिकै रूखहरूबीच जलेको विमान देखिन्छ।

Map