कोभिड नेपालः मुस्ताङमा खोला उर्लेपछि यसरी तारियो खोपको बाकस

भिडिओ क्याप्शन सुरु हुँदैछ, खोला उर्लेपछि यसरी तारियो कोभिड खोप
Published

वर्षाका कारण केही दिनअघि मुस्ताङ जिल्लाको छाप्ताङ खोलामा पानीको सतह बढेपछि गाडी गुड्न सकेन। बाटो अवरुद्ध हुँदा कोभिड खोपसहित अत्यावश्यक सामग्री पनि गन्तव्यमा पुर्‍याउन असहज भयो।

तर स्वास्थ्य चौकीका कर्मचारीहरूले फलामको रड प्रयोग गरेर खोपलाई खोला तारेर ज्येष्ठ नागरिकहरूलाई दोस्रो मात्राको खोप उपलब्ध गराए।

कोभिड खोप राखिएको बाकस खोला तारिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि