टास्मेनियन डेभिलः यो दुर्लभ जीव ३,००० वर्षपछि मुख्यभूमि अस्ट्रेलियामा फर्किएको छ
'टास्मेनियन डेभिल' भनिने यो लोपोन्मुख जीव अस्ट्रेलियाको मुख्यभूमिमा सयौँ वर्षपछि फेरि जन्मिएको छ।
गत वर्ष वन्यजीव संरक्षणकर्ताहरूले सिड्नीबाट उत्तरतिर रहेको एउटा आरक्षमा केही वयस्कहरूलाई छोडेका थिए। अहिले तिनले प्रजनन गरेर प्राकृतिक वासस्थानमै सङ्ख्या विस्तार गर्न थालेका छन्।
मुख्यभूमिबाट लोप भएको झन्डै ३,००० वर्षपछि 'मार्सूपीअल' वर्गको यो स्तनपायी जीव त्यहाँ सप्रिएको बताइन्छ।
यो वर्गका जीवहरूले आफ्ना बच्चालाई थैलीमा राखेर हुर्काउँछन्। कङ्गारू पनि यही वर्गमा पर्छ।
अनि यो पनि