नेपालमा कुनकुन रोगले धेरै मानिसको ज्यान लिन्छन्

कोभिडका कारण एक वर्षमा पाँच हजारभन्दा धेरै नेपालीहरूले ज्यान गुमाइसकेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोभिडका कारण एक वर्षमा पाँच हजारभन्दा धेरै नेपालीहरूले ज्यान गुमाइसकेका छन्

कोरोनाभाइरस महामारीका कारण एक वर्षमा नेपालमा ५,००० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

आफैँमा कहालीलाग्दो उक्त सङ्ख्या अन्य रोगसँग तुलना गर्दा चाहिँ कस्तो देखिन्छ?

के भन्छन् विज्ञ?

हुन त विज्ञहरू महामारीको तुलना अन्यसँग गर्न नहुने बताउँछन्।

“सामान्य अवस्थामा भुसको आगोजस्तै सर्ने तथा नसर्ने विभिन्न रोगबाट मानिसहरूको ज्यान गइरहेको हुन्छ। महामारी भनेको चाहिँ पेट्रोल छर्केर लगाएको डढेलोजस्तो हो। त्यसैले सामान्य अवस्थासँग तुलना गर्न मिल्दैन,” स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. सेनेन्द्रराज उप्रेती बताउँछन्।

तर पनि विभिन्न तथ्याङ्क हेर्दा सामान्य अवस्थामा नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगबाट नै धेरैको ज्यान गइरहेको देखिन्छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तथ्याङ्क विभागको अघिल्लो जनगणनाको विवरणअनुसार नेपालको ‘क्रूड डेथ रेट’ भनिने सरदर मृत्युदर प्रतिहजार जनसङ्ख्यामा ७.३ रहेको छ।

अहिलेको जनसङ्ख्यासँग हिसाब गर्दा वर्षमा झन्डै दुई लाख मानिसको मृत्यु हुने यसले दर्शाउँछ।

धेरैको ज्यान लिने रोग कुनकुन हुन्?

यसबारे पूर्ण विवरण उपलब्ध छैन।

तर केही वर्षअघि विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको तथ्याङ्क र स्वास्थ्य सेवा विभागको पछिल्लो वार्षिक प्रतिवेदन हेर्दा सबैभन्दा धेरै ज्यान मुटुसम्बन्धी रोगका कारण हुने गरेको देखिन्छ।

मुटु

तस्बिर स्रोत, Science Photo Library

“कुल मृत्युको करिब ६६ प्रतिशत त नसर्ने रोगहरूबाट हुने गरेको छ,” डा. उप्रेतीले बताए।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१६ मा भएका १,८३,००० मृत्युमध्ये ३० प्रतिशत मुटुसम्बन्धी रोगका कारण भएको उल्लेख छ।

अन्य नसर्ने रोगले १३ प्रतिशत, क्यान्सरले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत अनि सरुवा रोगहरू तथा सुत्केरी अवस्था र पोषणसम्बन्धी कारणहरूले २५ प्रतिशत ज्यान गएको त्यसमा उल्लेख छ।

स्वास्थ्य सेवा विभागको गत वर्षको प्रतिवेदनमा सन् २०१८ मा भएका कुल मृत्युमध्ये दुईतिहाइ मृत्यु मुटुसम्बन्धी रोगहरू, क्यान्सर, मधुमेह तथा श्वासप्रश्वासका अन्य रोगका कारण भएको उल्लेख छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मुटु कसरी जोगाउने

अरू तथ्याङ्क के छ?

“सरुवा रोगहरूका कारण एकचौथाइ मात्र मृत्यु हुने गरेको देखिन्छ,” डा उप्रेतीले भने।

स्वास्थ्य मन्त्रालयका पूर्ववरिष्ठ अधिकारी सुशील प्याकुरेलका अनुसार रहनसहन र जीवनशैलीमा आएका परिवर्तनहरूका कारण विगतमा सरुवा रोगले धेरै मर्ने गरेकोमा अचेल नसर्ने रोगहरूले धेरै मानिस मर्न थालेका छन्।

“हामीले धेरै ध्यान पुर्‍याउन सकेका छैनौँ तर सडक दुर्घटना अनि वायु प्रदूषणले पनि धेरैको ज्यान जान थालेको छ,” प्याकुरेलले बताए।

धेरै ज्यान लिने अन्य रोगमा क्यान्सर र क्षयरोग पनि पर्छन्।

क्षयरोगका कारण दैनिक ४७ जनाको ज्यान जाने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।

कारण