कोरोना भाइरस भारतः कोभिड-१९ का कारण दिल्लीमा बिरामीका आफन्त अक्सिजन माग्दै सडकमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, दिल्लीमा बिरामीका आफन्त अक्सिजन खोज्न यताउता भौँतारिँदै

भारत अहिले कोभिड-१९ का कारण अभूतपूर्व सङ्कटमा परेको छ।

ठूला सहरका सरकारी र निजी अस्पतालहरू बिरामीको भार थेग्न नसक्ने अवस्थामा पुगेका छन्।

दिल्लीमा ३० शय्या भएको एउटा निजी अस्पताल पेन्टामेड हस्पिटल र धेरै ठूलो लोक नायक अस्पतालबाहिर बिरामीको ताँती लागेको छ। तर शय्या र औषधोपचारका लागि आवश्यक सामग्रीको अभावका कारण धेरै बिरामीले भर्ना पाएका छैनन्।

उनीहरूले पालो कुर्नुपरेको छ। अस्पतालहरूले बिरामीका आफन्तलाई सामान र अक्सिजनको जोहो गर्न आग्रह गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि