कोभिड सङ्कट भारतः 'एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड सङ्कट भारतः 'एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ'

भारतमा अहिले कोरोनाभाइरस महामारीले भयावह रूप लिएको छ। महामारीको दोस्रो लहर सुरु भएपछि भारतका अस्पताल र स्वास्थ्यसेवा प्रणालीमा गम्भीर सङ्कट उत्पन्न भएको छ।

धेरै बिरामीहरूले उपचार नपाउने अवस्था देखिएको छ भने शोकाकुल परिवारले मृतकहरूको अन्तिम संस्कारका लागि पनि लामो पालो कुर्नुपरिरहेको छ।

कोभिड-१९ का कारण आफ्नी गर्भवती पत्नी गुमाएका एक व्यक्ति आफ्नो "मुटु लुछिएको" जस्तो भएको बताउँछन्।

बीबीसी संवाददाताले ती व्यक्ति र सासू गुमाएकी अर्की एक महिलासँग कुराकानी गरेकी छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि