मिसेस श्रीलङ्काः मञ्चमै झगडा गरेकी मिसेस वर्ल्ड पक्राउ

पुष्पिका डिसिल्भाको ताज खोसिँदै

तस्बिर स्रोत, AFP

मञ्चमै विजेता अयोग्य भन्दै उपाधि खोसेर अर्की प्रतिस्पर्धीलाई लगाइदिएकी पूर्व मिसेस् श्रीलङ्का क्यारलाइन जुरीलाई प्रहरीले पक्राउ गरेको छ।

गत आइतवार टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमा पुष्पिका डिसिल्भाले "मिसेस श्रीलङ्का"को उपाधि जितेकी थिइन् र जुरीले उनलाई ताज लगाइदिनुपर्ने थियो।

तर ताज लगाइदिएको केही समयमै जुरीले सम्बन्धविच्छेद भइसकेकाले उनलाई उपाधि दिनु नहुने दाबी गर्दै ताज खोसिन्।

डिसिल्भाले त्यसपछि आफू श्रीमानसँग छुट्टिएर बसेको तर सम्बन्धविच्छेद भने नभएको बताएकी छन्।

मिसेस श्रीलङ्का मिस वर्ल्ड सौन्दर्य प्रतियोगिता अन्तर्गत विवाहित महिलाहरूका लागि आयोजन गरिने उपाधि हो।

त्यसपछि उनले अर्की प्रतियोगीलाई ताज लगाइदिइन्।

डिसिल्भा मञ्चबाट बाहिरिइन्।

मिसेस् श्रीलङ्का

तस्बिर स्रोत, FACEBOOK/DARKROOM

विभिन्न देशका विजेताहरू मिसेस वर्ल्ड प्रतियोगिताका लागि चुनिन्छन्।

"पारपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यसकारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु," जुरीले दर्शकहरूलाई भनेकी थिइन्।

Presentational grey line

तपाईँलाई यो पनि मन पर्न सक्छ

Presentational grey line

डिसिल्भाले के भनिन्?

एउटा फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चोटका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी थिइन्।

"श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पीडित छन्," उनले एउटा पत्रकार सम्मेलनमा भनिन्।

"यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हुर्काउन दुःख गरिरहेका छन्।"

यो प्रकरणमा संलग्न रहेकी अर्की मोडल पनि पक्राउ परेकी छन्।

विज्ञप्ती

''प्रहरीले क्यारलाइन जुरी र मोडल चोला पाडमेन्ड्रालाई आइतवारको घटनामा सामान्य चोट पुर्‍याएको अनि आपराधिक कारण पक्राउ गरेको हो,'' प्रहरी प्रवक्ता अजित रोहानाले बीबीसीलाई भने।

जुरी र पाडमेन्ड्रालाई जमानत दिइएको छ र कोलम्बो मजिस्ट्रेट्स कोर्टमा एप्रिल १९ मा हाजिर हुन भनिएको छ।

त्यस्तै डिसिल्भालाई उपाधिको ताज पुनः पहिराइएको छ र जुरीले सार्वजनिक रूपमै माफी माग्ने अपेक्षा गरेको कार्यक्रमका आयोजकहरूले बताएका छन्।