बुधवार १ बजेसम्मकालागि प्रतिनिधिसभाको बैठक स्थगित

संसद् भवन

तस्बिर स्रोत, HEMANTA SHRESTHA/EPA

Published

प्रतिनिधिसभा बैठक सूचना टाँस गर्दै बुधवार १ बजेसम्मका लागि स्थगित गरिएको छ।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो।

जनता समाजवादी पार्टीले पनि त्यसमा काङ्ग्रेसलाई साथ दिएको थियो।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रचण्ड-माधवकुमार नेपाल समूहका सांसदहरूले बहिष्कार गरेका थिए।

उक्त समूहले सर्वोच्च अदालतले संसद्‌ पुनर्स्थापित गरेसँगै सरकारले वैधानिकता गुमाएको उल्लेख गर्दै पहिलो बैठकमा अध्यादेश सहितका कार्यसूची हटाउन माग गरेको थियो।