म्यान्मार कू: प्रदर्शनकारीले कसरी सामाजिक सञ्जाललाई उपयोग गरिरहेका छन्

प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

    • Author, फ्रेया कोल
    • Role, बीबीसी न्यूज
  • पढ्ने समय: ३ मिनेट

म्यान्मारको याङ्गुनमा काँधमा काँध मिलाएर उभिएका युवा प्रदर्शनकारीको एउटा समूहले सडक बन्द गरेको छ।

केहीले सेतो कडा टोप लगाएका छन्। अन्यले साइकलको हेलमेट लगाएका छन्। उनीहरूले आफूलाई सुरक्षित राख्न घरेलु ढाल, चस्मा र अनुहार छोप्ने मास्क लगाएका छन्।

तर उनीहरूको एउटा रक्षात्मक उपकरण यस्तो छ जुन अरूभन्दा धेरै प्रयोग भएको छ- उनीहरूको मोबाइल फोन।

फेब्रुअरी १ मा सैनिक कू भएयता संसारले म्यान्मारमा प्रदर्शनकारीमाथि देखाइएको बर्बरतालाई हेरेको छ।

गत बुधवार कम्तीमा ३८ जना मारिएको घटनालाई संयुक्त राष्ट्रसङ्घले म्यान्मारको कूयता सबैभन्दा रक्तपातपूर्ण दिन भनेको छ।

मोबाइलका भिडिओ

म्यान्मारमा के भइरहेछ भनेर संसारलाई देखाउन खोज्ने त्यहाँका मानिसहरूले सामाजिक सञ्जालमा लाखौँ भिडिओ हालेका छन्।

कतिपय बासिन्दाले घरबाटै लुकेर भिडिओ खिच्ने तरिका पत्ता लगाएका छन्।

भिडिओ

तस्बिर स्रोत, Getty Images

अन्यले खुला रूपमा सडकमै विरोध प्रदर्शनको भिडिओ खिचिरहेका छन्।

आमनागरिकको आवाज घन्काउँदै

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

"के मलाई डर लागेको छैन? छ, म डराएकी छु। तर हामी हाम्रो स्वतन्त्रता प्राप्त गर्न लड्नेछौँ," एक युवतीले अस्थायी नाकाको अर्कोतर्फ रहेका एक सैन्य अधिकारीलाई चिच्याएर भनिन्।

"मारिएकाहरूका लागि म तिमीहरूलाई कहिल्यै माफ दिनेछैन। म नमरेसम्म माफ दिने छैन," आँखाबाट झर्न लागेका आँसु रोक्दै उनी चिच्याइन्।

एक २३ वर्षीया महिला र एक सैनिक अधिकारीबीचको यो शक्तिशाली संवाद भिडिओमा कैद गरेर सामाजिक सञ्जालमा हाल्ने स्थानीय पत्रकार आए मिन थान्ट हुन्।

लाखौँ पटक हेरिएको यो छोटो भिडिओ म्यान्मारका आमनागरिकको आवाज बुलन्द पार्न सामाजिक सञ्जालले खेलिरहेको भूमिकाको एउटा उदाहरण हो।

ठूलो जोखिम

म्यान्मारमा नागरिक पत्रकार हुनुको जोखिम ठूलो छ।

सैनिकको भिडिओ खिच्ने पक्राउ पर्छन् वा हमलामा पर्छन् वा यसका लागि ज्यानै गुमाउन पनि सक्छन्।

तर प्रदर्शनकारीहरू यो जोखिम मोल्नु आवश्यक रहेको बताउँछन्।

प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

सैनिकले गोली हानेको, अश्रुग्यास प्रयोग गरेको र बर्बरतापूर्वक कुटेका भिडिओहरू त्यहाँ भइरहेको मानव अधिकार हननका प्रमाण हुन्।

युवा वर्गले आफ्नो डिजिटल अभियानको मद्दतले सैन्यशासनविरुद्ध राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय नेताहरूले बोल्ने र कारबाही गर्ने अपेक्षा गरेका छन्।

तर कसैले नसुन्ने र मोबाइलमा रेकर्ड गर्न गरिएका दुःखहरू खेर जाने डर पनि छ।

यसअघि म्यान्मारमा भएका सङ्घर्षका दाँजोमा यस पटकका कुराहरू दस्ताबेज राख्न सामाजिक सञ्जाल सबैभन्दा अगाडि छ।

'गलत पुस्तासँग निहुँ खोज्यौ'

म्यान्मारका नयाँ पुस्ताका युवाहरू प्रविधिमैत्री छन् र उनीहरू सचेतना छर्न एवम् आन्दोलन अगाडि बढाउन अनलाइन सञ्चार प्रयोग गरिरहेका छन्।

"तिमीले गलत पुस्तासँग निहुँ खोज्यौ," भन्ने नारा डिजिटल उपकरणलाई प्रयोग गरेर विरोध प्रदर्शन अभियान गरिरहेका युवा पुस्तामाझ लोकप्रिय वाक्य बनेको छ।

विरोध प्रदर्शन

तस्बिर स्रोत, Getty Images

यो वाक्य युवा वर्गले सडकमा तीन औँला देखाएर सलाम गर्दै गर्ने विरोधको नारा पनि बनेको छ।

यो Instagram पोस्ट छोड्नुहोस्
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त

तर ती युवा वर्ग पनि मिथ्या सूचना फैलिने डरले चिन्तित छन्।

मिथ्या सूचना र बन्द इन्टरनेट

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

म्यान्मारमा नागरिकहरूले एक क्षण पनि मिथ्या वा सही भन्ने विचार नगरी तस्बिर र भिडिओहरू व्यापक शेयर गरिरहेका छन्।

अर्को चिन्ताको विषय सैनिकले बिहान १ बजेदेखि ९ बजेसम्म बन्द गर्ने इन्टरनेट हो।

इन्टरनेट प्रतिबन्धले देशभरि धेरैलाई आक्रोशित बनाएको छ।

स्थानीय नागरिकहरू इन्टरनेट बन्द गरेर सैनिकले अपराध गरिरहेको र ठूलो सङ्ख्यामा पक्राउ गरिरहेको आरोप लगाउँछन्।

इन्टरनेट बन्दले देशभरि बोली बन्द गरेको छ।

तर बिहान इन्टरनेट खुल्ने बित्तिकै नागरिक पत्रकार र डिजिटल अभियानकर्मीहरू आराम नखोजी आफ्नो आवाज संसारलाई सुनाउन दत्तचित्त दैनिक काममा जुट्छन्।