अमेरिकामा ७७ फिट लामो हिउँको सर्प: डर होइन, हेर्दै राम्रो!

हिउँसर्पको कला

तस्बिर स्रोत, MORN MOSLEY III

अधिकांश मानिसहरूको निम्ति हिममानव बनाउनु कडा श्रमको काम हो। तर अमेरिकास्थित कोलोराडोको एउटा परिवारले बनाएको हिमसर्पको प्रतिमा निर्माणको कथा रोचक छ।

मोर्न मोस्लेय र उनका पाँच जना भाइबहिनीहरूले यो वर्ष १० घण्टा लगाएर तयार पारेको हिम सर्पको प्रतिमाले स्थानीय मानिसहरूलाई प्रसन्नता दिएको छ।

आफूले बनाएको बाघको मूर्ति स्थानीय सञ्चारमाध्यमहरूमा व्यापक रूपमा शेयर भएपछि उक्त परिवारले सन् २०१९ मा लोकप्रियता कमाएको थियो।

सर्पको आकार ७७ फिट लामो छ। त्यो मोस्लेयकी आमाको घरको अगाडिको उद्यानमा राखिएको छ।

सर्प

तस्बिर स्रोत, MORN MOSLEY III

उनले सामाजिक सञ्जालमा राखेको भिडिओ फुटेजमा उनको समूहले उक्त सर्पको प्रतिमा निर्माणमा गरेको परिश्रम देखिन्छ।

उक्त समूहले सुरुमा जनावरको आकार तयार पार्छ अनि रङ्ग र त्यसमा छाया थप्न पेन्ट स्प्रे गर्छ।

उनले बीबीसीसँग भने, "मेरो बुवाले हामी सानै छँदा हामीसँगै मिलेर त्यस्तै बनाउने गर्नुहुन्थ्यो। हामीले रमाइलोको निम्ति नै बनाउँदै आएका छौँ।"

त्यो बाटो हुँदै हिँड्ने र छिमेकीलाई त्यसले निकै आकर्षित गरेको छ। उनीहरू त्यहाँ पुगेपछि अडिन्छन्।

बाघको मूर्ति

तस्बिर स्रोत, MORN MOSLEY III

"उनीहरू सबै फोटो खिच्न रोकिन्छन्," मोस्लेयले सुनाए।

उनको फेसबुक पेजमा कैयौँ मानिसहरूले आफूहरूले त्यो हिमकला हेरेको उल्लेख गर्दै उक्त परिवारको अद्भुत कामको प्रशंसा गरेका छन्।

एक जनाले प्रतिक्रिया दिएका छन्, "अब तपाईँहरूले आउँदो वर्ष के बनाउनु हुन्छ हेर्ने उत्सुकता छ।"

मोस्लेय परिवारले सन् २०१९ मा बाघको मूर्ति बनाएका थियो। त्यो पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कपालको कला