सन्दीप लामिछानेः आईपीएल २०२१ का लागि कुनै क्लबमा पनि नपर्दा सामाजिक सञ्जालमा यस्तो चर्चा

सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रीमियर लीगका कुनै पनि टोलीले खरिद गरेनन्।

आईपीएलको १४ औँ सीजनका लागि आज बिहीवार भारतको चेन्नईमा भएको मिनी अक्शनमा लामिछानेले आफ्नो आधार मूल्य ४० लाख भारु मात्र राखेका थिए।

तर त्यसमा कुनै पनि टोलीले बोली लगाउन चाहेनन्।

तीन वर्ष दिल्ली क्यापिटल्सबाट खेलेका लेग स्पिनर लामिछानेलाई गत सीजनपछि दिल्लीले टोलीबाट मुक्त गरेको थियो।

लामिछानेलाई पञ्जाब किङ्ग्स, सनराइज हैदराबाद वा मुम्बई इन्डियन्सले अनुबन्ध गर्न सक्ने कतिपय क्रिकेटप्रेमीहरूले अनुमान गरेका थिए।

बजारमा लामिछानेलाई कुनै टीमले लिन नसक्ने खराब आकलनदेखि उनी अब करोडौँ रुपैयाँमा विक्री हुन सक्ने चर्चा पनि चलेको थियो।

सामाजिक सञ्जालमा चर्चा

लामिछानेलाई कुनै क्लबले नलिएकोमा नेपाल तथा अन्यत्रका क्रिकेटप्रेमीहरू पनि दुःखी देखिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

समीर पराजुलीले उनी अक्शनमा नबिकेका भए पनि यो नै उनको खेल जीवनको अन्त्य नभएको र आगामी सीजनमा थप अवसर आउने ट्विटरमा लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

गत सीजनमा उनको क्लब दिल्ली क्यापिटल्सले लामिछानेलाई खेलाएको थिएन।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

केही व्यक्तिले उनी अझै कुनै क्लबमा पर्न सक्छन् भनेर झिनो आशा राखेको पनि देखिएको छ।

विदेशी खेलाडीको कोटा

यो अक्शनमा सहभागी आठवटा टोलीसँग जम्मा ६१ खेलाडीको कोटा खाली थियो र त्यसमध्ये पनि विदेशी खेलाडीका लागि मात्र २२ वटा कोटा थिए।

त्यसका लागि लामिछानेसहित १२५ जना विदेशी खेलाडीहरू प्रतिस्पर्धामा थिए।

मिनी अक्शनमा भने १६४ जना भारतीयसहित कुल २९२ जना खेलाडीहरु सूचीकृत थिए।

त्यसमा असोसियट राष्ट्रबाट लामिछाने, यूएईका कार्तिक मैयेप्पा र अमेरिकाका अलि खान गरी तीन जना मात्र परेका थिए।

आईपीएलमा एउटा टोलीले आठ विदेशी खेलाडी किन्न पाउँछ। तर एक पटकमा चार विदेशी खेलाडीलाई मात्र मैदानमा खेल्न पठाउन पाउने नियम छ।

बिहीवारको अक्शनमा केही खेलाडीहरूले भने उच्च मूल्य पाएका छन्।

दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा किनेको छ।

यो आईपीएलको इतिहासमा सबैभन्दा ठूलो मूल्य हो। उनको प्रारम्भिक मूल्य जम्मा ७५ लाख भारु थियो।

त्यस्तै पञ्जाब किङ्ग्सले यसै सीजन छोडेका अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स ब्याङ्गलोरले १४.२५ करोड भारुमा किनेको छ।