माओवादी लडाकु दम्पती जसले बन्दुक छोडेपछि सियो र सङ्गीत रोजे
नेपालमा माओवादी सशस्त्र विद्रोहको उद्गमस्थल रोल्पामा जन्मेका माधव श्रेष्ठ र प्यूठानकी होलिका केसी दम्पती हुन्।
विक्रम संवत् २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा उनीहरू कलिलै उमेरमा होमिएका थिए।
समाज र राज्य परिवर्तन गर्ने सकिन विश्वाससहित "मर्न र मार्न" तयार भएका उनीहरू अहिले आफैँ समाजमा पुनर्स्थापित हुन सङ्घर्ष गरिरहेको बताउँछन्।
दुई छाकको जोहो गर्न उनीहरूले सीप आवश्यक भएको थाहा पाएका छन्। त्यसका लागि होलिका केसीले सिलाइबुनाइ र माधव श्रेष्ठले सङ्गीत रोजेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि