ऊँटको दूधः 'सेतो सुन' बेच्दै केन्याका किसान

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'सेतो सुन' बन्दै ऊँटको दूध

चिल्लो तत्त्व कम भएको तथा औषधीय गुणयुक्त ठानिएकाले ऊँटको दूध निकै लोकप्रिय हुन थालेको छ।

पूर्वी अफ्रिकाका सुक्खा क्षेत्रमा विश्वमा भएका ऊँटमध्ये ६० प्रतिशत छन्। त्यहाँका किसानहरूले उँटको पोषिलो दूध बेचेर आर्थिक लाभ लिन थालेका छन्।

बीबीसीको स्मार्ट मनीका पिटर वाकाबाले केन्याका उँटपालक दम्पतीसँग भेटेका छन्। उनीहरू दैनिक १०,००० देखि १५,००० लिटर दूध बेच्छन्।

हेर्नुहोस् यो भिडिओ।