हिमपहिरोको भिडिओ खिच्ने पदयात्री भन्छन्, '१० मिनेटले जोगिएँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, हिमपहिरोका साक्षीः '१० मिनेटले जोगिएँ'

पोखराका किरण श्रेष्ठले साथीहरूसँग अन्नपूर्ण क्षेत्रको कपुचे हिमतालमा हिमपहिरो खस्नुअघि रात बिताएका थिए।

सिक्लेस हुँदै हिमताल पुगेका उनीहरूले बिहानको रमणीय दृश्य हेर्न त्यहीँ रात बिताउने निधो गरेको श्रेष्ठ बताउँछन्।

सबैभन्दा कम उचाइमा रहेको हिमतालको वारि रात बिताएका उनीहरूले बिहान लगभग साढे आठ बजे तालपारि हिमपहिरो खसेको दृश्यलाई 'अविस्मरणीय' भनेका छन्।

आफूहरू उक्त स्थानबाट फर्किएको १० मिनेटपछि पहिरो खसेको बताउँदै उनले भने, "सुरुमा रमाइलो लाग्यो, एकछिन भागदौड मच्चियो र त्यसपछि मलाई लाग्यो म भाग्यले बाँचे।"

पदयात्रीको अनुभव समेटेर कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।