चिनियाँ नेता माओ त्सेतुङको बहुमूल्य पाण्डुलिपि चोरले दुई टुक्रा पारेर हङ्‌‌कङमा बेचेको खुलासा

माओको हस्तलिखित पुस्तिका

तस्बिर स्रोत, Getty Images

गत महिना हङ्‍कङमा चोरी भएको चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङको पाण्डुलिपि दुई टुक्रा पारेको अवस्थामा फेला परेको छ।

चोरहरूले एक कलासङ्कलकको घरबाट उक्त बहुमूल्य सामग्री चोरेका थिए।

त्यसपछि उनीहरूले त्यसलाई निकै सस्तो मूल्यमा बेचिदिए। परम्परागत कलिग्रफी अर्थात् चिनियाँ कलात्मक हस्तलिपियुक्त उक्त पाण्डुलिपि २.८ मिटर लामो थियो।

तर देखाउन लामो हुने भएकाले सम्भवतः त्यसलाई काटेर टुक्रा पारिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उक्त सामग्रीका मालिकका अनुसार काटिएकाले त्यसको "कला" को मूल्य प्रभावित भएको छ।

के हो यसको विशेषता?

उक्त पाण्डुलिपिमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओले कविताका पङ्क्तिहरू लेखेका छन्।

माओ
तस्बिरको क्याप्शन, उक्त पाण्डुलिपिमा माओका कविताहरू छन्

उक्त सामग्रीको बजार मूल्य झन्डै ३० करोड अमेरिकी डलर अनुमान गरिएको छ।

गत सेप्टेम्बरमा तीन जनाको एउटा समूहले ख्यातिप्राप्त कलासङ्कलक फु चुनशिआओको घरबाट उक्त कृति चोरेको हो।

Presentational grey line

अनि यो पनि

Presentational grey line

उनीहरूले प्राचीन छाप, तामाका सिक्का र माओसँग सम्बन्धित अन्य सामग्री पनि लगेका थिए।

चोरिएका सबै सामानको मूल्य ६४.५ करोड अमेरिकी डलर भएको फुको दाबी छ। उक्त घटना हुँदा फु चीनमा थिए।

चोरेपछि के भयो?

चोरहरूले एउटा टुक्रा अर्का स्थानीय सङ्कलकमार्फत् एक ग्राहकलाई केवल ६४ अमेरिकी डलरजतिमा बेचेका थिए। ती ग्राहकले त्यो सामग्री नक्कली भएको भन्ठानेको द साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ।

प्रहरीले प्रकाशित गरेको एउटा अपील देखेपछि आफूले किनेका दुवै टुक्रासहित उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

तर कसले त्यो कलात्मक सामग्रीलाई काटेको हो भन्ने स्पष्ट भएको छैन।

Presentational grey line

अनि यो पनि

Presentational grey line

हङ्‌कङ प्रहरीका वरिष्ठ अधिकारी टोनी होले भने, "कसैलाई उक्त कलिग्रफी लामो छ ...अनि देखाउन अप्ठ्यारो हुन्छ भन्ने लाग्यो। त्यसैलाई त्यसलाई दुई टुक्रा पारिएछ।"

फुले आफूसँग भएको कलात्मक र ऐतिहासिक सामग्री त्यसरी बिगारिएको देख्दा चित्त दुखेको बताए।

प्रहरीले त्यो सामग्री किन्ने ४९ वर्षीय व्यक्तिलाई चोरीको सामान किनेको आशङ्कामा पक्राउ गरेको थियो।

तर पछि उनी धरौटीमा छुटे।

प्रहरीले एक सन्दिग्ध चोरलाई पनि समातेको छ। तर अरू दुई जना अझै फरार छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, त्यो क्षण जब सबैका अगाडि एक पुरुषले महँगो चित्रकला चोरे …