नोबेल पुरस्कारः ब्ल्याक होलको अनुसन्धानका लागि तीन भौतिक शास्त्री पुरस्कृत

ब्ल्याक होला

तस्बिर स्रोत, NASA

ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ।

रोजर पेन्रोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पारेका हुन्। उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ।

यूकेमा जन्मिएका पेन्रोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गरेका थिए।

गेन्जेल र गेजले हाम्रो आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोजेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सोमवार चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम घोषणा भएको थियो।

ब्रह्माण्डबारे गरिएका अनुसन्धानहरूका लागि गत वर्ष तीन वैज्ञानिकले संयुक्त रूपमा भौतिक शास्त्रमा उक्त पुरस्कार पाएका थिए।

जेम्स पीबल्सलाई ब्रह्माण्डको क्रमविकास तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको एउटा ग्रह पत्ता लगाएकाले उक्त पुरस्कार दिइएको थियो।

रोजर पेन्रोज, राइनहार्ड गेन्जेल, आन्द्रिय गेज
तस्बिरको क्याप्शन, (दायाँबाट बायाँ) रोजर पेन्रोज, राइनहार्ड गेन्जेल, आन्द्रिय गेज

ब्ल्याक होल के हो?

  • ब्ल्याक होल अर्थात् कृष्णगर्त अन्तरिक्षको त्यस्तो क्षेत्र हो जहाँ सबै पदार्थ आफैँ विलीन हुन्छ
  • त्यहाँ गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि कुनै पनि वस्तु वा प्रकाश बाहिर निस्किन सक्दैन
  • केही ठूला ताराहरू विस्फोटन भएर मृत भएपछि ब्ल्याक होलको उत्पत्ति हुन्छ
  • केही ब्ल्याक होल यति स्थूलकाय हुन्छन् कि तिनको पिण्ड हाम्रो सूर्यको भन्दा अर्बौँ गुना बढी हुन्छ
  • ती कसरी आकाशगङ्गाको बीचमा बन्छन् भन्ने थाहा हुन सकेको छैन
  • तिनले आफूवरिपरि पार्ने प्रभावका आधारमा ब्ल्याक होल पत्ता लगाउने गरिएको छ
  • तिनले एकअर्कालाई परिक्रमा गर्दा गुरुत्वीय तरङ्गहरू उत्पन्न हुन्छन्