संयुक्त राष्ट्रसङ्घ महासभाः पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भाषणमा भारतको आपत्ति, यसरी दियो जबाफ

इमरान खान

तस्बिर स्रोत, Reuters

संयुक्त राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मू-कश्मीर र आतङ्कवादको विषयमा विवाद भएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रवारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्रसङ्घका लागि भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।

शुक्रवार खानले पहिलै रेकर्ड गरिएको भाषणमा जम्मू-कश्मीर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए।

उनले भारतले कश्मीरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाए।

त्यसपछि भारतीय राजदूतले पाकिस्तानले लगाएका आरोपको खण्डन गर्दै उल्टै पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन गरेको र आफ्नो देशका अल्पसङ्ख्यक समुदाय र अन्य सम्प्रदायका मुस्लिमसँग अत्याचार गरेको दोषारोपण गरे।

के भने इमरान खानले?

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषय उठाउँदै भने, "जम्मू र कश्मीरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व हुँदैन। सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्छ तथा ईस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्छ।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

"म स्पष्ट पार्न चाहन्छु कि फासीवादी, अधिनायकवादी, आरएसएसको नेतृत्व भएको सरकार यदि पाकिस्तानसँग आक्रामक हुने प्रयास गर्‍यो भने उसले एउटा यस्तो देशसँग भिड्नुपर्नेछ जसले आफ्नो स्वतन्त्रताका लागि अन्तिम समयसम्म सङ्घर्ष गर्नेछ," उनले भने।

खानले जम्मू-कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको पनि आलोचना गरे।

उनले भारतको राष्ट्रिय स्वयंसेवक सङ्घ अर्थात् आरएसएसका संस्थापकहरू नाजीबाट प्रेरित भएको आरोप लगाउँदै आरएसएसले मुस्लिम र इसाईँहरूलाई निसाना बनाउने गरेको दाबी गरे।

महासभामा भारतीय प्रतिनिधि मिजितो विनितो

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, महासभामा भारतीय प्रतिनिधि मिजितो विनितो

भारतले के भन्यो?

इमरान खानको भनाइको भारतले कडा प्रतिवाद गरेको छ।

संयुक्त राष्ट्रसङ्घमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले पाकिस्तानी प्रधानमन्त्रीको टिप्पणीलाई "राजनीतिक पतन" को सङ्ज्ञा दिएका छन्।

उनले खानको भनाइ मिथ्या र व्यक्तिगत आक्रमण भएको भन्दै पाकिस्तानले अल्पसङ्ख्यकहरूको उत्पीडन तथा सीमापार आतङ्कवाद लुकाउने प्रयासमा त्यसो भनेको दाबी गरे।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

इमरान खानको भाषणको बेला भारतीय मिशनका प्रथम सचिव मिजितो विनितो महासभा छोडेर बाहिरिएका थिए।

त्यसपछि भारतको "उत्तर दिने अधिकार" प्रयोग गर्दै उनले पाकिस्तानी आरोपहरूको खण्डन गरे।

मिजितो विनितोले, ''केन्द्र-प्रशासित प्रदेश जम्मू र कश्मीर भारतका अभिन्न र अविभाज्य अङ्ग हुन्। जम्मू र कश्मीरमा लगाइएका नियम र कानुन पूर्णतः भारतको आन्तरिक मामिला हो। कश्मीरमा केवल एउटा विवाद छ - अहिले त्यो पाकिस्तानको अवैध नियन्त्रणमा छ। हामी पाकिस्तानलाई अवैध नियन्त्रण गरिएको सबै क्षेत्र छोड्न माग गर्छौँ।"

मिजितो विनितोले पाकिस्तानलाई सङ्केत गर्दै आतङ्कवादीहरूलाई पैसा उपलब्ध गराएको आरोप लगाए।

"जुन नेतालाई हामी आज सुन्यौँ उनी तिनै व्यक्ति हुन् जसले ओसामा बिन लादेनलाई आफ्नो संसद्‌मा शहीद भनेका थिए," उनले खानप्रति कटाक्ष गर्दै भने।

पाकिस्तानले आतङ्कवादप्रति आफ्नो नैतिक, आर्थिक र भौतिक समर्थन छोडेर मात्र सामान्य राष्ट्र बन्न सक्ने उनको भनाइ थियो।

"आफ्नो अनुचित उद्देश्यका लागि संयुक्त राष्ट्रसङ्घको मञ्च प्रयोग नगरोस्," उनले भने।

यसअघि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र कन्फरेन्स अन इन्टर्याक्श एन्ड कान्फिडेन्स बिल्डिङ मीजर्स इन एशिया (सीआईसीए) को बैठकमा पनि दुई देशबीच जम्मू-कश्मीर र आतङ्कवादबारे वादविवाद भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत पाकिस्तान द्वन्द्व: कस्तो छ सीमाका यी बस्तीहरूको हालत