नेपाल-चीन सीमा: बुद्धिनारायण श्रेष्ठ भन्छन्, 'अहिले विवाद देखिएकै क्षेत्रमा पहिले पनि विवाद भएको थियो'
वर्षौँदेखि भारतसँग देखिएको सीमा विवाद समाधान हुन नसकिरहेका बेला नेपाल र चीनबीच पनि सीमा विवाद भएको चर्चा हुन थालेको छ।
हालै पश्चिम नेपालको हुम्ला जिल्लामा सीमामाबारे विवाद उत्पन्न भयो। त्यस क्षेत्रमा चीनले नेपाली भूमिमा भवनहरू बनाएको भन्ने खबर आएपछि सरकारले चिनियाँ भूभागमै ती संरचनाहरू बनेको भनिसकेको छ।
नेपालस्थित चिनियाँ दूतावासले पनि आफ्नै भूमि भवन बनाएको भन्दै सीमा विवादसम्बन्धी समाचारको खण्डन गरेको छ।
तर विगत केही महिनादेखि नेपाल-भारत सीमा विवाद चर्किएका बेला चीनतर्फ पनि उस्तैखाले विवाद देखिनुलाई कतिपयले नेपालकै कमजोरीका रूपमा अर्थ्याएका छन्।
यद्यपि अन्यले चाहिँ उनीहरूकै शब्दमा यो दुवै छिमेकीहरूको "हेपाहा प्रवृत्ति" भएको बताएका छन्।
यसै प्रसङ्गमा बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम "नेपाल सन्दर्भ" मा विष्णु पोखरेलले नापी विभागका पूर्वमहानिर्देशक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग कुराकानी गरेका छन्।
"अहिले विवाद देखिएकै क्षेत्रमा पहिले पनि विवाद भएको थियो," नेपाल-चीन सीमा विवादबारे उनले भने। सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।
अनि यो पनि