आईपीएल २०२०: यी खेलाडीहरू क्रिकेटका नयाँ 'सुपरस्टार' बनेर उदाउन सक्छन्

आईपीएल

तस्बिर स्रोत, Getty Images

इन्डियन प्रिमिअर लीग (आईपीएल) क्रिकेट प्रतियोगिताको २०२० को संस्करण शनिवारबाट यूएईमा सुरु हुँदैछ।

आईपीएल विश्वकै धेरै रकम खर्च हुने खेलकुद गतिविधिमध्ये पर्छ। यसले भारत र अन्य देशका शीर्ष खेलाडीहरूलाई आकर्षित गर्नेगर्छ।

अरू बेला भारतीय रङ्गशालामा बलीवुडका चर्चित हस्ती र राजनीतिज्ञसहित हजारौँ समर्थकहरूले भरिभराउ हुने खेलको वातावरण यस पटक भने कोरोनाभाइरसका कारण भिन्न खालको हुनेछ।

यूएईमा रिक्त रङ्गशालामा खेलहरू हुनेछन् र नियमित उत्सवका अन्य कार्यक्रमहरू हुनेछैनन्।

तर एउटा कुराले भने निरन्तरता पाउनेछ - यो प्रतिस्पर्धाबाट क्रिकेटका नयाँ सुपरस्टारहरूको उदय हुनेछ।

सबैजसो टोलीले नयाँ खेलाडीहरू भित्र्याएका छन्। तीमध्ये केही भारतको १९ वर्षमुनिको टोलीमा भएका खेलाडीहरू पनि छन्।

यी केही त्यस्ता खेलाडीहरू हुन् जसले आफ्ना टोलीलाई विजयतर्फ डोर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।

Presentational grey line

यशस्वी जैसवाल

यशस्वी जैसवाल

तस्बिर स्रोत, Getty Images

यी ब्याट्सम्यान सचिन तेन्दुलकरलाई आदर्श ठान्छन्। उनी तेन्दुलकरसँग क्रिकेट सिक्ने आफ्नो सपना भएको बताउँथे। उनको त्यो इच्छा गत फेब्रुअरीमा साउथ अफ्रिकामा यू-१९ विश्वकप खेलेर फर्किँदा पूरा भयो।

तेन्दुलकरले जैसवाललाई भेटेर उक्त प्रतियोगितामा उनको प्रदर्शनको प्रशंसा गरे। त्यसयता जैसवालले पछाडि फर्केर हेर्नुपरेको छैन।

यो वर्ष उनी आफ्नो पहिलो पटक आईपीएलमा सहभागी हुँदैछन्। उनी राजस्थान रोयल्स टोलीमा छन्।

यू-१९ विश्वकपमा बनाएको कीर्तिमानकै कारण जैसवालबाट उनको टोलीले निकै आशा गरेको छ।

उनले त्यहाँ नटआउट ८८, १०५, नटआउट ६२, ५७, नटआउट २९ र ५७ रन बनाएका छन्। उनी यो वर्षको विश्वकपमा धेरै रन बनाउने खेलाडी मात्र हैन, उक्त प्रतियोगिताको इतिहासमै पाँच अर्धशतक बनाउने तेस्रो खेलाडी पनि बने।

उत्तर प्रदेश राज्यको सानो सहरबाट मुम्बईको भिडभाडमा आएका उनी त्यहाँ आफ्नो जीवन निर्वाह गर्न सडकमा खानेकुरा बेच्नेदेखि नसुतीकन अभ्यास गर्थे। एक स्थानीय प्रशिक्षकले उनलाई भेटेपछि जैसवालको जीवनले नयाँ मोड लिएको थियो।

जोस बटलर र बेन स्टोक्सजस्ता दिग्गज अन्तर्राष्ट्रिय खेलाडीहरूले भरिएको आफ्नो टोलीमा फरक पहिचान बनाउने काम उनका लागि त्यति सहज हुनेछैन।

तर दबावका बीच कसरी आफ्नो पहिचान बनाउने भन्ने पनि उनलाई थाहा छ।

Presentational grey line

रवि बिश्नोई

रवि विश्नोई

तस्बिर स्रोत, Getty Images

पूर्वक्रिकेटर आकाश चोपडाले बिश्नोईलाई भारतका अर्का ‘स्पिन जादुगर’ भनेर व्याख्या गरेका छन्।

यू-१९ विश्वकपमा उनको प्रदर्शनका कारण त्यस व्याख्यालाई मानिसहरूले अतिशयोक्ति पनि मानेनन्।

महत्त्वपूर्ण बेलामा उनले १७ विकेट लिएर भारतलाई खेलहरूमा जिताए।

उनको टोली बाङ्ग्लादेशसँग अन्तिम खेलमा पराजित भयो। तर बिश्नोई भने प्रतियोगिताकै स्टार खेलाडीको रूपमा उदाए।

किङ्स इलेभन पन्जाबले उनको भूमिका प्रतियोगितामा महत्त्वपूर्ण हुने आशा गरेको छ।

उक्त टोलीमा प्रायः मध्यम स्तरका प्रतियोगिता खेलेका खेलाडीहरू छन्। त्यसैले बिस्नोईले त्यहाँ आफ्नो विश्वकपको जस्तै चमत्कार दोहोर्‍याउने आशा गरेका छन्।

Presentational grey line

प्रियम् गर्ग

प्रियं गर्ग

तस्बिर स्रोत, Getty Images

विश्वकपमा भारतको यू-१९ टोलीको कप्तान रहेका गर्गले आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए।

उनले बनाएको मध्यम स्तरको रन उनको रणनीतिक कौशलको प्रतिविम्ब हैन। महत्त्वपूर्ण समयमा महत्त्वपूर्ण निर्णय लिएर उनले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरेका छन्।

भारतको घरेलु क्रिकेट प्रतियोगितामा यी मध्यपङ्क्तिका ब्याट्सम्यानको सबल परिचय छ। सन् २०१८ मा उत्तर प्रदेश राज्यमा उनले आफ्नो पहिलो उल्लेख्य खेल खेलेका थिए। त्यसपछि उनी ठूला लीगमा सहभागी हुन थाले।

अन्य खेलहरूमा समेत राम्रो प्रदर्शन गर्दै उनले आफूलाई यू-१९ को कप्तान हुने बाटो खोले। सनराइज हैदराबादले यो वर्षको आईपीएलका लागि उनीमाथि निकै विश्वास गरेको छ।

विगत फर्केर हेर्ने हो भने गर्गको भविष्य उज्ज्वल देखिन्छ। विराट कोहली, पृथ्वी श, मोहम्मद कैफ, पार्थिव पटेलजस्ता विगतका यू-१९ कप्तानहरूले भारत र क्लब क्रिकेट दुवैका लागि राम्रो क्रिकेट खेलेका छन्।

सनराइजर्सलाई अगाडि बढाउन उनी सफल भए भने भारतलाई प्रतिनिधित्व गर्ने गर्गको सम्भावना बलियो हुनेछ।

Presentational grey line

कार्तिक त्यागी

कार्तिक त्यागी

तस्बिर स्रोत, Getty Images

बिश्नोईले गुल्लीबाट ब्याट्सम्यानहरूलाई झुक्याउन सक्छन् भने त्यागीले मध्यम गतिको बलिङमा स्विङबाटै ब्याट्सम्यानलाई चुनौती दिन सक्छन्।

औसत १३.९ रनमा ११ विकेट लिएका त्यागी यो वर्ष खेलाडी बोलकबोल हुँदा राजस्थान रोयल्सको प्रमुख छनोटमा परे।

उनको टोलीमा भारतका तीव्र गतिका बलर वरुण अरोन र इङ्ग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर पनि छन्।

यी तीन जनाले रोयल्सका तर्फबाट आक्रमक बलिङ गर्ने अपेक्षा गरिएको छ।

त्यागी यूएईको मन्द गतिको मैदानमा उपयोगीसिद्ध हुने अपेक्षा गरिएको छ।

अनि बेन स्टोक्स यदि प्रतियोगिताका सुरुका आधा खेलमा सहभागी हुन पाएनन् भने त्यागीले आफ्नो टोलीका लागि अग्रपङ्क्तिमै बलिङ गर्नुपर्ने हुनसक्छ।