यो यातना बन्द गर: विज्ञानको डिग्री, रेष्टुराँमा टेबुल पुछ्ने काम, अहिले आप्रवासी कामदारको पीडा गाएर भाइरल बनेका र्याप गायक
र्यापर ड्यूल रकर कोभिड-१९ लकडाउनमा आप्रवासी कामदारले भोग्नुपरेको पीडामाथि आक्रोशित र्याप गायन गरेर भाइरल बनेका छन्।
हातमा विज्ञानका डिग्री भएर पनि गरिबीका कारण यी दलित युवकले टेबुल सफा गर्ने काम गर्दै आएका थिए।
उनी अहिले पूर्वी उडिशास्थित आफ्नो गाउँमा छन्।
उनी सर्वसाधारणको कठिनाइबारे र्याप गीत लेख्ने र गाउने कामलाई निरन्तरता दिइरहने आशामा छन्।
अनि यो पनि: