इनफ इज इनफ अभियानः तीन हप्तादेखि अनशनरत ईशान अधिकारीको स्वास्थ्य 'झन् बिग्रिँदै'
कोरोनाभाइरस महामारी रोकथाममा सरकारले लापरबाही गरेको र परीक्षणको दायरा बढाउनुपर्ने भन्दै ‘इनफ इज इनफ’ अभियानअन्तर्गत ईशान अधिकारी ‘ई’ले अनशन थालेको तीन हप्ता पुगेको छ।
सत्रौँ दिन ई अस्पताल भर्ना भए तर उनले अनशान जारी राखे।
माग पूरा गराउन अनौपचारिक वार्ता जारी रहेको तर उनको स्वास्थ्य झन् बिग्रिँदै गएको उनीसँगै उक्त अभियानमा सहभागी व्यक्तिहरूले बताएका छन्। तर सरकारले माग पूरा गरे मात्र अनशन भङ्ग हुने उनीहरूको भनाइ छ।
हेर्नुहोस् कमल परियारले सम्पादन गरेको यो भिडिओ।
अनि यो पनि