कोरोना भाइरस नेपालः लकडाउनमा घरबाटै सामाजिक सञ्जालमा गीत-सङ्गीत
नेपाली सङ्गीतकर्मीहरूले कोरोनाभाइरसको सङ्क्रमणको जोखिमका कारण लागु लकडाउनको बेलामा सामाजिक सञ्जालबाटै श्रोतालाई मनोरञ्जन गराएका छन्।
बाहिर खासै चहलपहल नभएको बेलामा चर्चितदेखि नवोदित गायक तथा सङ्गीतकर्मीहरूले सामाजिक सञ्जालबाट साङ्गीतिक प्रस्तुति दिइरहेका छन्।।
खासगरी फेसबुक, इन्स्टाग्राम तथा यूट्यूबमार्फत् उनीहरूमध्ये केहीले लाइभ प्रस्तुति दिए भने केहीले पुराना गीत-सङ्गीत पस्किए।
हाल लकडाउन केही खुकुलो भए पनि मनोरञ्जनका साथै कोभिड-१९ बारे जनचेतना फैलाउन सक्रिय रहने उनीहरूको भनाइ छ।
हेर्नुहोस् कमल परियारले तयार पारेको यो भिडिओ ।
अनि यो पनि