कोरोना भाइरस लकडाउन: यो महामारीपछि के हाम्रो जिउने तरिका यस्तो होला

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरस सङ्क्रमणका कारण संसार नै परिवर्तन भएको छ।
कोभिड-१९ महामारीले पृथ्वीको जुन कुनाका भएपनि हामी एक-एक जनालाई असर गरेको छ।
केही देशहरूमा लकडाउन खुकुलो पार्न थालिएको छ तर त्यसपछि त्यहाँ जस्तो देखिएको छ त्यो अनौठो छ। तर के त्यहि नै हाम्रो भविष्य हो त?
हेर्नुहोस् केही छानिएका तस्बिरहरू:
कक्षाकोठा

तस्बिर स्रोत, Getty Images
सामाजिक दूरी राखेर विद्यालयहरू खोल्नु शिक्षक र विद्यार्थी दुवैका लागि ठूलो परीक्षा हो।
धेरै कक्षाकोठाहरू परिवर्तन हुँदैछन् र साना बालबालिकाका अभिभावकहरू ती बच्चाहरू कसरी एकअर्काबाट पर बस्न सक्छन् भनेर चिन्तित छन्।
इटलीमा दुई प्राथमिक विद्यालयले चौरमा पढाउँदा कस्तो हुन्छ भनेर परीक्षण गर्न थालेका छन्।
पार्क

तस्बिर स्रोत, Getty Images
पार्कमा घाम ताप्ने र खेल्ने मानिसहरूको भिड सम्झनु हुन्छ? अबको पार्क भने फरक हुनसक्छ।
धेरै स्थानमा पार्कमा खेल्ने ठाउँ बन्द गरिएका छन् र जहाँ खोलिएका छन् त्यहाँ सामाजिक दूरी राख्ने उपायहरू अपनाइएका छन्।
अमेरिकाको ब्रुकलिनको डोमिनो पार्कमा मानिसहरूलाई टाढा राख्न घाँसमा वृत्ताकार घेरा बनाइएका छन्।
कार्यस्थल

तस्बिर स्रोत, Getty Images
लकडाउनमा थुप्रै मानिसहरूले घरबाटै काम गरे र बैठकहरू बस्नका लागि भिडिओ कल प्रयोग गरे।
तर लकडाउन खुलेपछि कार्यालयहरूले पनि यही तरिका अपनाउनु पर्छ।
दक्षिण अफ्रिकाको जोहानेसबर्गको एउटा कार्यक्रममा सहभागीहरूलाई प्लास्टिकले बनाइएको सानो कक्षमा बसालिएको थियो।
किनमेल

तस्बिर स्रोत, Getty Images
हाम्रो किनमेल गर्ने तरिकामा पनि फरक हुनसक्छ। अनलाइन किनमेल बढिरहेको छ र ठूला किनमेल केन्द्रहरूमा सामाजिक दूरी राख्न र भिड कम गर्न बाहिरै प्रतिक्षा गर्न लगाइएको छ।
नेदरल्यान्डस्को एउटा सिलाइ पसलमा ग्लासहरू राखेर कोरोनाभाइरसको सङ्क्रमण कम गर्ने प्रयास गरिएको छ।
सो सिलाइ पसलमा ग्राहकहरूको लुगाको नाप ठिक छ की छैन भनेर परीक्षण गर्न सानो प्वालबाट हात छिराएर सहयोग गर्ने गरिएको छ।
रेस्टुरेन्ट

तस्बिर स्रोत, EPA
के हामीले साथीहरूसँगै रेस्टुरेन्टमा बसेर खाने चलन उस्तै रहन्छ?
थाइल्यान्डको ब्याङ्ककमा मानिसहरू एक-एक जनाका लागि छुट्टाइएको स्थानमा बसेर खाँदैछन्।
सामाजिक दूरी राख्न त्यहाँ रेस्टुरेन्टहरूले यस्तै तरिका अपनाएका छन्।
साङ्गीतिक कार्यक्रम

तस्बिर स्रोत, Getty Images
जीवन अनौठो लागिरहेको भए पनि त्यसको अर्थ हामीले सङ्गीत सुनेर मनोरञ्जन गर्न सक्दैनौँ भन्ने होइन।
मात्र के हुनसक्छ भने साङ्गीतिक कार्यक्रमहरूको आयोजना फरक हुन सक्छन्।
जस्तो दक्षिण कोरियामा गरिएको यो तीन दिने साङ्गीतिक कार्यक्रममा दर्शकहरूले आफ्नो गाडी भित्रै बसेर रमाइलो गरेका थिए।








