मदनकृष्ण श्रेष्ठ: 'मलाई रोग लागेको छ तर म नाच्न सक्छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, मदनकृष्ण श्रेष्ठ: 'मलाई रोग लागेको छ, तर म नाच्न सक्छु'

कलाकार मदनकृष्ण श्रेष्ठको एउटा टिकटक भिडिओ अहिले चर्चित बनेको छ। भिडिओमा उनले नाचेर रमाइलो गरेका छन्।

उनी भन्छन्, “धेरैले म चल्न सक्दिनँ, बोल्न सक्दिनँ भन्ने सोच्नुभएको रहेछ। तर यो नाचेको भिडिओ बनाएपछि त्यो भ्रम हटेको छ।“

उनलाई पार्किन्सन्स रोग लागेको छ जसले उनको शरीर पहिले जस्तो सहजै चल्न दिँदैन।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि