कोरोना भाइरस: लकडाउनमा खुलेको सुन्दर शहर

कोरोनाभाइरसको जोखिमका कारण लकडाउन र मानिसहरूको चहलपहल कम भएपछि काठमाण्डू शहर शान्त र सुन्दर बनेको छ।

शहरमा सडकहरू पोतिएका छन्, फूलहरू फुलेका छन् र प्रदुषण कम भएका कारण आकाश खुलेको छन्।

काठमाण्डू शहरका छानिएका सुन्दर छ तस्बिरहरू:

नीलो आकाश र प्याजी ज्याकारान्डा फूलबीच घण्टाघर
तस्बिरको क्याप्शन, नीलो आकाश र प्याजी ज्याकारान्डा फूलबीच देखिएको घण्टाघर
कुपन्डोलमा गन्तव्यतर्फ लाग्दै एक साइकलयात्री
तस्बिरको क्याप्शन, अरूबेला खचाखच जाम हुने कुपन्डोलको खुला सडकमा एक्लै कुद्दै एक साइकलयात्री
सिंहदरबार अगाडिको सडकमा चहलपहल निकै कम रहेको छ
तस्बिरको क्याप्शन, देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अगाडिको सडकमा तुलनात्मक रूपमा चहलपहल निकै कम रहेको छ
माइतीघर-नयाँ बानेश्वर सडक
तस्बिरको क्याप्शन, यो मौसममा यो वर्ष सामान्यभन्दा बढी पानी परिरहेकाले र सडकमा धुलो धुवाँको मात्रा नगन्यमात्रामा भएकाले बिरुवाका प्राकृतिक रङ र सडक बत्तीका संरचनाको मिश्रणको दृश्य चित्रकला झैँ दृष्य देखिएका छन्
धोबीखोला
तस्बिरको क्याप्शन, धोबीखोलाको किनारमा रहेका बोटबिरुवा र तिनमा फुलेका फूलले धोबीखोला कोरिडोर सडक सुन्दर बनेको छ
लकडाउन
तस्बिरको क्याप्शन, बन्दाबन्दीमा यदाकदा चलेका सवारी साधन रोक्दै चलाउनुको कारण सोध्दै प्रहरीहरू

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।