कोरोना भाइरस: आरडीटीमा पोजिटिभ र पीसीआरमा नेगेटिभ देखिनुको अर्थ के हो?
सरकारले परीक्षणमा तीव्रता दिएपछि नेपालमा पनि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिएको छ।
अहिले द्रुत परीक्षणको विधि आरडीटी र सङ्क्रमण भएको पुष्टि गर्न प्रयोगशालामा आधारित पीसीआर विधि दुवैको प्रयोग भइरहेको छ।
तर धेरै मानिसहरू आरडीटी र पीसीआर परीक्षणको परिणाम देखेर अलमलिने गरेका छन्।
विज्ञहरूका अनुसार समुदायमा गएर ठूलो सङ्ख्यामा परीक्षण गर्दा यी दुवै विधि एकअर्काका परिपूरक हुन्।
के छ तिनमा भिन्नता?
यो र कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित अन्य प्रश्नको उत्तर दिँदैछन् जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक समीरमणि दीक्षित। हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि

