इन्डोनेशिया: जब तपाईँको राजधानी रहेको सहर डुब्न थाल्छ…. नयाँ राजधानी बनाउने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब तपाईँको राजधानी सहर डुब्न थाल्छ…. नयाँ राजधानी बनाउने?

इन्डोनेशियाको राजधानी जकार्ता संसारको तीव्र गतिमा डुबिरहेको शहर हो।

त्यसैकारण त्यहाँका राष्ट्रपति जोको विडोडो राजधानी जकार्ताबाट अन्यत्र सार्न चाहन्छन्।

कुनै बेला जङ्गलले भरिएको बोर्नियो टापुमा नयाँ प्रशासनिक राजधानी बनाउने योजना अघि सारिएको छ।

यस्तो नमुना सहर बनाउने भनिएको छ जुन शायद संसारले कहिल्यै देखेको छैन।

तर संसारको जैविक विविधतायुक्त यो स्थानमा सरकारो महत्त्वाकाङ्क्षी योजनाले पर्यावरणीय प्रकोप निम्त्याउला भन्ने त्रास व्यक्त भएका छन्।

अनि यो पनि: