'पुस्तकमा कर लगाएर नेपाल समृद्ध बन्दैन'
सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाएपछि त्यसको विरोधमा विद्यार्थी, शिक्षक तथा आम पाठक शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन्।
कर लगाउने निर्णय फिर्ता लिनुपर्ने माग राख्दै उनीहरूले पुस्तकमा कर लगाएर 'सुखी नेपाली, समृद्ध नेपाल'को नारा साकार पार्न नसकिने बताएका छन्।
झन्डै दुई सातादेखि उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका उनीहरूले सरकारले निर्णय फिर्ता नलिएसम्म प्रदर्शन जारी राख्ने बताएका छन्।
ललितपुरको पाटन दरबार स्क्वायरमा विरोध प्रदर्शनमा रहेका केही सहभागीहरूसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि: