नेपालमा पनि भित्रियो 'पार्टी बस'
गुड्दै गरेको बसमा पार्टी आयोजना गर्ने भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर नेपालमै यस्ता बसको सञ्चालन भएको छ।
'पार्टी अन ह्वील' अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा त्यस्ता दुई बस सञ्चालनमा आएको हो।
विभिन्न समारोहका लागि डीजेको सङ्गीत र पेयपदार्थको सुविधासहित पार्टी गर्ने मिल्ने ती बस भारतमा बनेका हुन्।
'पार्टी बस नेपाल'का सञ्चालक रमेश काफ्लेका अनुसार अहिलेका लागि बसले काठमाण्डू उपत्यकाका विभिन्न चार ठाउँमा मानिसहरूलाई चढाउने र ओराल्ने गर्नेछ। त्यसका लागि अग्रीम बुकिङ गर्नुपर्ने हुन्छ।
कस्तो छ त पार्टी गर्न मिल्ने बस? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि