'बगैँचामा काम गर्दा मलाई शान्ति मिल्छ'
गगनचुम्बी भवन र उच्च दबाबको वातावरण रहेको सिङ्गापुरमा जोएनाले प्रकृतिसँग जोडिन शहरमा बगैँचा बनाएकी छन्।
उनी भन्छिन्- हरियो रङमा पक्कै केही छ।
उनको विश्वास छ: "हरियालीले हाम्रो शरीरमा खुशी हुने हर्मोन उत्पन्न गराउँछ र तनाव घटाउँछ।"
सिङ्गापुरमा शहरी क्षेत्रमा बगैँचा बनाउनेहरूको सङख्या बढ्दै गइरहेको छ।