ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने

ट्विटर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ज्याक डोर्सी

सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ।

उसले राजनीतिक सन्देशहरूको पहुँच 'खरिद गरेर नभई कमाएर हुनुपर्ने' बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्, "इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा ठूलो जोखिम निम्त्याउँछ।"

ट्विटरको प्रतिद्वन्द्वी रहेको अर्को सामाजिक सञ्जाल फेसबुकले हालै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने कुराको खण्डन गरेको थियो।

मतभेद

सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको सन्दर्भमा विभिन्न राजनीतिक खेमाहरूबीच पछिल्लो समाचारबारे फरक मत देखिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक प्रचार अभियानका व्यवस्थापक ब्राड पास्कलले 'ट्रम्प र कन्जरभेटिभहरूलाई चुप पार्नका निम्ति विज्ञापनमाथिको प्रतिबन्ध अर्को प्रयास' भएको प्रतिक्रिया दिए।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

तर डेमोक्र्याट उम्मेदवार जो बाइडेनको प्रचार अभियानका प्रवक्ता बिल रुसोले भनेका छन्, "जब विज्ञापनका डलर र हाम्रो लोकतन्त्रको निष्ठामध्ये एउटा रोज्नुपर्ने हुन्छ तब पैसाले नजित्ने कुरा उत्साहजनक हुन्छ।"

ट्विटरले लगाएको प्रतिबन्ध नोभेम्बर २२ तारिखदेखि लागु हुनेछ र त्यसबारे पूर्ण विवरण नोभेम्बर १५ तारिखमा सार्वजनिक गरिनेछ।

ट्वीटहरूको एउटा लहरो अर्थात्‌ थ्रेडमार्फत्‌ प्रमुख कार्यकारी अधिकृत ज्याकले प्रतिबन्धलाई उचित ठहर्‍याएका छन्।

चुनौती

इन्टरनेटबाट गरिने राजनीतिक विज्ञापनले सार्वजनिक बहसका लागि पूरै नयाँ चुनौती खडा गरिदिएको उनले बताएका छन्।

मतदाता नामावलीमा दर्ता हुनुपर्ने पक्षमा रहेका विज्ञापनहरू चाहिँ प्रतिबन्धबाट प्रभावित नहुने ज्याकले उल्लेख गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

सन् २०१६ मा ट्रम्पसँग पराजित भएकी डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनले ट्विटरको पछिल्लो निर्णयको स्वागत गरेकी छन्।

ट्विटरको निर्णयले फेसबुकलाई उसको अडानबारे पुनर्विचार गर्न चुनौती खडा गरिदिएको उनले उल्लेख गरेकी छन्।

सामाजिक सञ्जालका एक विश्लेषक कार्ल मिलरले भनेका छन्, "प्रविधि जगत्‌को एउटा ठूलो कम्पनीले संस्थाहरूलाई तिनीहरूबाट भइरहेको हानिबारे जनाइएका चिन्तालाई लिएर पछाडि हटेको यो पहिलो घटना हो।"