नेपालमा पोलियो सङ्क्रमितको 'अन्तिम पुस्ता'

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोलियो सङ्क्रमणका अन्तिम पुस्ता

सन् २०१४ मा नेपाललाई पोलिओमुक्त देश घोषणा गरिएको थियो।

पोलिओ सङ्क्रमणमा परेका अन्तिम पुस्तामध्येका टिना महर्जन, लक्ष्मीदास मगैया, सरिता थुलुङ र लक्की श्रेष्ठमा अपाङ्गता छ। तर उनीहरू सकारात्मक सोचेर प्रेरक जीवन बिताइरहेका छन्।

तेत्तीस वर्षीया टिना महर्जन ह्वीलचेअर बास्केटबल खेलाडी हुन् भने ३८ वर्षीय लक्ष्मीदास मगैया प्यारा पावर लिफ्टिङ खेलाडी रूपमा चर्चित छन्।

त्यसैगरी ३४ वर्षीया सरिता थुलुङ ह्वीलचेअर डान्सर र पौडी खेलाडीको रूपमा सक्रिय छिन् भने ३३ वर्षीया लक्की श्रेष्ठ व्यवसायी र खेलाडी हुन्।

सन् १९९८ देखि सन् २०१० सम्म नेपालमा ३२ जनामा पोलियोको सङ्क्रमण भएको तथ्याङ्क सरकारी निकायसँग छ।

नेपाल सरकारले प्रत्येक वर्ष छ लाख बालबालिकालाई पोलियोको खोप खुवाउने गरेको बालस्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बालस्वास्थ्य तथा खोप शाखाले बीबीसीलाई बताएको छ।

पोलियोका कारण अपाङ्गता भएका उनीहरूले सामाजिक अपहेलनालाई जित्दै अहिले प्रेरणादायी रूपमा जीवन यापन गरिरहेका छन्।

पोलियो लागेर पनि आफूहरू त्यतिकै नबसेको र अपाङ्गतालाई नै प्रेरणाका रूपमा लिएको उनीहरू बताउँछन्।

उनीहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ ।

अनि यो पनि