ह्वीलचेअरमा बसेर सरिता थुलुङ यसरी नाच्छिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सरिता थुलुङ यसरी नाच्छिन्

बाल्यकालमा पोलियो लागेदेखि सरिता थुलुङको दाहिने खुट्टा चल्दैन।

उनी ह्वीलचेअरमा बसेर हिँडडुल गर्छिन्, ह्वीलचेअरमै बसेर नाच्छिन् र अरूहरूलाई नाच्न पनि सिकाउँछिन्।

उनी भन्छिन्,"ह्वीलचेअरमै बसेर भएपनि आफूमा भएको कला प्रस्तुत गर्न पाउँदा खुसी लाग्छ।"

"पोलियोले मेरो खुट्टा थल्यायो, मेरो मनोबल हैन।"

हेर्नुहोस् यो भिडिओ।

  • सङ्गीत © हाइलाइट्स नेपाल

(भिडिओ: सृजना श्रेष्ठ)