मुस्कान खातुन: ‘अब मैलेजस्तो कसैले भोग्न नपरोस्’
गत भदौ महिनामा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाईते बनेकी मुस्कान खातुनको कीर्तिपुरमा उपचार भैरहेको छ।
एसिड प्रहार गर्ने दुई युवक प्रहरीको नियन्त्रणमा छन् भने तिनलाई एसिड बेच्ने व्यवसायी फरार रहेको प्रहरीले जनाएको छ।
स्वदेश तथा विदेशका चर्चित कलाकार, खेलाडी तथा बिभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल र प्रत्यक्ष प्राप्त शुभकामनाले आफूमा हौसला र उत्साह थपिएको मुस्कानले बताएकीछन्।
घाउ निको हुँदै गर्दा मुस्कानको जलेको अनुहारमा छाएको खुशीले पीडित परिवार समेत खुशी छन्।
तर पीडकलाई कारबाही हुने सम्भावना प्रति भने उनीहरूको संशय कायमै छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि