डोनल्ड ट्रम्पले अमेरिकी सेना फिर्ता गर्दा सिरिया युद्ध नयाँ मोडमा

नगरमा गस्ती गर्दै सिरियाका एकजना सेना

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, दमास्कसले कुर्द फौजसँग सहमति गरेपछि सिरियाको शासनव्यवस्था टर्कीसँगको सीमातिर सर्दैछ

सिरियामा आठ वर्षसम्म भएको युद्धले मध्यपूर्वलाई फेरिदिएको छ। अमेरिकी सेना फिर्ता भएको घटनापछि त्यहाँ नयाँ मोडहरू आए।

अमेरिकाको दबावपछि गत हप्ता टर्की तत्काल युद्धविराम गर्न सहमत भयो। उत्तरी सिरियाबाट अमेरिकी सैनिकहरूलाई पश्चिमी इराक जान सक्ने अमेरिकाको भनाइ छ।

यसबारे बीबीसीका मध्यपूर्व सम्पादक जेरमी बोवेनको विश्लेषण -

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो सेनालाई फिर्ता हुन निर्देशन दिएपछि सिरिया युद्धको स्वरूप परिवर्तन भइदियो।

ट्रम्पको निर्णयबाट घटनाहरूको यस्तो शृङ्खला बन्यो जसले अमेरिकाको साझेदार सिरियाली कुर्दलाई धोका भयो र टर्की, राष्ट्रपति बशर अल-असदको सिरियाली शासनव्यवस्था तथा रुस, इरान र इस्लामिक स्टेटका जिहादी अतिवादीलाई प्रचुर मात्रामा अवसर दियो।

उनको बुद्धिमत्ताले राष्ट्रपति ट्रम्पलाई घटनाको पूर्वानुमान गर्न सजिलो पार्‍यो होला। अथवा आफ्नो अन्तर्प्रेरणाललाई पच्छ्याउने उनको बानी सम्भवत: मध्यपूर्वको जटिलताका माझ एउटा गम्भीर गल्ती हो।

विदेशी 'नायक'हरू

सिरियाको भाग्य त्यस देशका नागरिकले नभएर विदेशीले निर्क्योल गर्छन् भन्ने धेरै वर्षसम्म स्पष्ट थियो।

ताल अर्कम सैन्य क्षेत्र

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, टर्कीसँगको सीमा क्षेत्रका थुप्रै आधार शिविरबाट अमेरिकी फौज फिर्ता भएको छ

त्यहाँ पटकपटकको हस्तक्षेपले युद्धलाई लम्बाएको छ।

सिरियामा शक्ति र प्रभावको सङ्घर्षबारे लेख्दा त्यहाँका युद्धपीडितबाट सुरु गर्नुपर्छ।

प्राय: सैन्य हतियारको प्रत्येक प्रयोगको अर्थ विपद् र गैरसैनिकको हत्या हो।

निर्देशन दिने नेताहरूका लागि यातना दिइएका भिडिओका दृश्य अनिवार्य थिए। ती दृश्यहरू टेलिभिजन र इन्टरनेटमा खोज्न त्यति गाह्रो छैन।

अन्त्यहीन युद्धबाट आफ्ना फौज फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले टर्कीलाई उसको सेना त्यहाँ पठाउन बाटो खोलिदियो।

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले आफ्दो देशका कुर्द विद्रोहीहरूको साझेदार भन्दै सिरियन डेमोक्रेटिक फोर्सेसविरुद्ध आफू जान चाहेको घोषणा गरे।

उनको योजना सीमाक्षेत्रका दुवैतर्फ आफ्नो नियन्त्रण राख्नु हो। उनी पूर्वोत्तर सिरियामा ३२ किलोमिटरसम्म आफ्नो सुरक्षित क्षेत्र बनाउन चाहन्छन्। उक्त क्षेत्रमा उनी १० लाख वा त्योभन्दा बढी सिरियाली शरणार्थीलाई राख्न चाहन्छन्।

अमेरिकाले इस्लामिक स्टेटसँग लड्नका लागि सिरियालीसमेत केही अरब कुर्दलाई तालिम र हतियार दिने निधो गर्दा उनीहरू सम्भावित समस्याबारे जानकार थिए।

त्यो सम्भावित समस्या उनीहरूको नेटो साझेदार टर्कीले कुर्द साझेदारलाई आतङ्कवादी ठान्नु थियो।

त्यतिबेला वाशिङ्टनले भविष्यमा देखा पर्न सक्ने समस्याबारे आँखा चिम्लिदियो। त्यो बेला अहिले आएको छ।

दुई साताअघिसम्म सिरियाली कुर्दको सुरक्षा सुनिश्चितताका लागि थोरै सङ्ख्यामा अमेरिकी सैनिकहरू रहेका थिए। ती सैनिकको इस्लामिक स्टेटविरुद्ध सञ्चालित युद्धमा महत्त्वपूर्ण भूमिका थियो।

अमेरिका, संयुक्त अधिराज्य र अन्यले वायुसेना र विशेष फौज उपलब्ध गराउँदा कुर्दहरू लडेका र मरेका थिए।

इस्लामिक स्टेटको इस्लामिक परम्परामा आधारित शासनव्यवस्था "क्यालिफेट" को अन्त्य भयो, कुर्दहरू एकजुट भए र हजारौँ जिहादी लडाकुलाई जेलमा हालियो।

दिशा परिवर्तन

राष्ट्रपति ट्रम्पले ट्वीट गर्नासाथ सिरियाका कुर्दलाई आफू परित्यक्त भएको थाहा पाउन बेर लागेन। अमेरिकी सैनिकमा पनि सम्भावित परिणामको भय छायो।

हतियारसहितको सैन्य गाडीमा सवार सिरियाली लडाकुहरू

तस्बिर स्रोत, AFP

अमेरिकी रक्षामन्त्री मार्क एस्परले कुर्दहरूलाई परित्याग नगरिएको बताएका छन्।

तर टर्की अघि बढिरहेको र अमेरिकी सेना फर्किन लागेको बेला सिरियाली कुर्दलाई भिन्न अनुभूति भएको छ।

पहिला पनि समस्या खेपेका कुर्दहरू पुन: एक पटक विदेशी शक्तिको छोडिएकाका लागि छोड्न हुने साझेदार बने। त्यसपछि उनीहरू दमास्कसका आफ्ना पुराना शत्रुसँग हातेमालो गर्न पुगे।

कुर्दहरूले गत हप्ता सिरियाली राष्ट्रपति बशर अल-असदको सरकारसँग सहमतिको घोषणा गरे। उक्त सहमतिअनुसार सन् २०१२ यता दमास्कसको नियन्त्रणमा नभएको लिएको सीमावर्ती क्षेत्रसम्म उक्त सिरियाको फौज जान पाउनेछ। सिरियाका लागि त्यो एउटा ठूलो जित हो।

पूर्वोत्तर सिरियास्थित आफ्नो आधार क्षेत्रबाट सिरियाली सेना छिट्टै बाहिर निस्कियो। असदका बफादारहरूले पुरानो शासनको झण्डा उखेलेर फालिदिए।

अमेरिकाको मध्यपूर्व नीतिका लागि यो घातक दिन थियो।

कुर्दहरूसँगको गठबन्धन र तिनलाई सिरियाको त्यो भेगमा स्वशासनको प्रत्याभूति दिएका कारण अमेरिकालाई युद्धको अन्तिम चरणमा लाभ पुगेको थियो। त्यो असदको शासनलाई समर्थन गर्ने देश रुस र इरानमा पनि दबाव पार्ने उपाय पनि थियो।

अमेरिकाको फिर्ती र सिरियाको पुनर्प्रवेश उनीहरूका लागि विजय नै हो।

इस्लामिक स्टेटका जिहादी अतिवादीहरूका लागि नयाँ अवसर आए जस्तो देखिएको छ। सन्देश पठाउने टेलिग्राम एपबाट उनीहरूले सिरियाभरि हिंसाको नयाँ अभियान घोषणा गरेका छन्।

उनीहरूले इस्लामिक परम्परामा आधारित आफ्नो शासन व्यवस्था "क्यालिफेट" गुमाएका छन्। तर जो जीवित छन् र जेलबाहिर छन् उनीहरू छापामार आक्रमणका लागि फेरि सङ्गठित भएका छन्।

असदको जित

कुर्दहरू अहिले अप्ठेरोमा परेको बेलालाई आईएसले कुर्द जेलमा थुनिएका आफ्ना हजारौँ लडाकुलाई रिहा गर्ने मौकाका रूपमा हेरेका छन्।

सिरियाली व्यवस्थाका सेनाहरू राष्ट्रिय झण्डा फहराउँदै

तस्बिर स्रोत, AFP

तीमध्ये केही कुख्यात हत्यारा छन् जो बाहिर आए भने फेरि हिंसा हुने डर सिरियामा मात्रै होइन अन्यत्र पनि देखिएको छ।

पश्चिमा देशहरूलाई नयाँ इस्लामिक स्टेटको डरले अधीर बनाएको छ।

त्यसैले युरोपेली देशहरूले आक्रामक कारबाही रोक्न टर्कीलाई आह्वान गरे।