कृष्णबहादुर महरा प्रकरण: पीडित महिलाद्वारा बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी

महरा

तस्बिर स्रोत, RSS

तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी महिलाले किटानी जाहेरी दिएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रवक्ताका अनुसार ती महिलाले महरामाथि बलात्कारको प्रयासको आरोप लगाउँदै प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएकी हुन्।

प्रहरी नायव उपरीक्षक होबेन्द्र बोगटीले बीबीसी न्यूज नेपालीलाई भने: "पीडितले शुक्रवार बलात्कारको प्रयास गरेको भनेर कृष्णबहादुर महराविरुद्ध किटानी जाहेरी दिएकी हुन्।"

"उनको जाहेरीको आधारमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ।"

संसद् सचिवालयमा कार्यरत एक महिलाले गएको सोमवार महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।

उनले प्रहरीलाई खवर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

तर मङ्गलवार ती महिलाले त्यस्तो घटना नभएको भनेको भिडिओ सार्वजनिक भएको थियो।

महराको सचिवालयले भने महरामाथि लागेको आरोपलाई निराधार भन्दै खण्डन गरिसकेका छन्।

घटनाबारे निष्पक्ष छानबिन होस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए।