नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनपछि इन्धनको मूल्य घट्यो

तस्बिर स्रोत, RSS
भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेको छ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म बनेको उक्त संरचना दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन भएको बताइएको छ।
मङ्गलवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आआफ्नै देशबाट रिमोट थिचेर उक्त पाइपलाइनको उद्घाटन गरेका छन्।
उद्घाटनको औपचारिक कार्यक्रममा पहिला परियोजनाबारे निर्मित भिडिओ देखाइएको थियो। त्यसपछि नेपालबाट ओली र भारतबाट मोदीले भिडिओ कन्फरेन्सबाट बोलेका थिए।
के भने ओलीले?
प्रधानमन्त्री ओलीले पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको घोषणा गरे।
निगमले डिजेल तथा मट्टितेलको नयाँ बजार मूल्य प्रतिलिटर ९५ र पेट्रोलको १०७ रुपैयाँ तोकेको छ।

तस्बिर स्रोत, RSS
तोकिएको समयभन्दा अगाडि नै पाइपलाइन निर्माण परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने गरेको समय तथा पैसा बचत हुने, सडकमा गाडीको चाप घट्ने तथा वायुप्रदूषण घट्ने आफ्नो विश्वास भएको उनले बताए।
उनले यो परियोजनाबाट दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आउन थालेपछि ढुवानीमा खर्च हुने वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी रकम जोगिने बताइएको छ।
के भने मोदीले?
मोदीले उक्त द्विपक्षीय परियोजनाको उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।
सन् २०१९ मे महिनामा ओलीले भारत भ्रमण गरेको उल्लेख गर्दै उनले भने, "हाम्रो संयुक्त प्रयासमा द्विपक्षीय परियोजनाहरूमा प्रगति हुँदै गएकोमा मलाई खुसी लागेको छ।"

तस्बिर स्रोत, RSS
"पछिल्ला केही वर्षमा हामीबीच उच्च राजनीतिक स्तरमा अभूतपूर्व सामीप्य भएको छ र हामी नियमित सम्पर्कमा छौँ। पछिल्ला डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मैले चार पटक भेटिसकेका छौँ।"
"विकासका लागि हाम्रो साझेदारीलाई अझै सक्रिय बनाउन र नयाँ क्षेत्रमा सहयोग अझै बढाउन हामीले नयाँ अवसरबाट लाभ उठाएका छौँ। हाम्रो संयुक्त प्रयासको उद्देश्य जनताले लाभ लिऊन् र उनीहरूको विकास होओस् भन्ने हो।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
दक्षिण एशियामा पहिलो पटक सीमापार पेट्रोलियम पाइपलाइन परियोजना निर्माण भएको भन्दै उनले भने, "आधी समयमै यो तयार भयो। यसको श्रेय तपाईँको नेतृत्व, नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासलाई जान्छ।"

तस्बिर स्रोत, RSS
उक्त पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ। त्यसमध्ये ३६.२ किलोमिटर भाग नेपालमा छ।
पाइपलाइनबाट आउनेभएपछि इन्धनको गुणस्तर कायम रहने र मिसावट नहुने बताइन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
पहिला ट्याङ्करबाट ल्याउँदा पेट्रोलियम पदार्थको परिमाण घट्ने र मिसावट तथा चोरी हुने गरेको थियो।

तस्बिर स्रोत, RSS









