आत्महत्या गर्न खोज्ने मानिसले दिने सङ्केत र जोगाउने उपाय

भिडिओ क्याप्शन सुरु हुँदैछ, आत्महत्या गर्नुअघिका संकेतबारे मनोचिकित्सक

नेपालमा आत्महत्या एउटा प्रमुख समस्याको रूपमा रहिआएको छ।

नेपाल प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको देखाउँछ।

नेपालमा दैनिक औसतमा १६ जनाले आत्महत्या गर्ने र तिनमा युवा तथा किशोरकिशोरी बढी रहेको देखिन्छ।

आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सकेमा धेरै मानिसहको ज्यान जोगाउन सकिने बताइन्छ।

आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र देखिने सङ्केत लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोजप्रसाद ओझासँगको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: