हामी व्यक्तिगत कुराहरू अनलाइनमा प्रसारण गर्ने गर्छौँ। के त्यो मानसिक स्वास्थ्यका लागि ठिक छ ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, हामी व्यक्तिगत कुराहरू अनलाइनमा प्रसारण गर्ने गर्छौँ। के त्यो मानसिक अवस्थाका लागि ठिक छ ?

अनलाइन सामाजिक सञ्जालले के हाम्रो मानसिक स्वास्थ्यमा हानि पुर्‍याइरहेको छ?

गत वर्ष सामाजिक सञ्जालमा 'इन्फ्लुएन्सर' भनिने धेरै चर्चा र फलोअर भएका संसारभरिका व्यक्तिहरूले आफ्नो मानसिक स्वास्थ्यस्थितिबारे कुराकानी गरे।

प्राय: युवा नै भएका ती व्यक्तिहरू इन्टरनेटको माध्यमबाट पैसा कमाउने गर्छन्।

उनीहरूले आफ्नो मन विचलित भइरहने वा व्याकुल अनुभूति हुने, एकदमै थाकेको अनुभव हुने र उदासीनता अर्थात् डिप्रेशनमा जाने गरेको बताएका छन्।

हामी पनि आफ्नो व्यक्तिगत जीवनका कुराहरू अनलाइनमा प्रसारण गर्ने गर्छौँ। के त्यो हाम्रो मानसिक अवस्थाका लागि लाभदायक छ त?

बीबीसीकी जनसङ्ख्या सम्वाददाता स्टेफ्नी हेगार्टीले आफ्नो मानसिक स्वास्थ्यबारे अनलाइनमा चर्चा गर्ने केही चर्चित व्यक्तिहरूलाई भेटेर उनीहरू किन त्यसो गर्छन् भन्ने पत्ता लगाउन खोजेकी छन्।

सामाजिक सञ्जालको प्रयोगले हामीजस्ता प्रयोगकर्तामा कस्तो प्रभाव परिरहेको छ र उनीहरूको अनुभवबाट कस्तो शिक्षा लिन सकिएला?

हेर्नुहोस् यो भिडिओ।