आत्महत्या रोकथाम गर्न डा. ओझाले देखेका उपाय
अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्या मानिन्छ।
प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको देखाउँछ।
आर्थिक वर्ष २०७३/७४ मा पाँच हजारको हाराहारीमा रहेको आत्महत्या गर्नेको सङ्ख्या त्यसपछिको वर्षमा तीन सय थपियो।
जोखिममा को?
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा त त्यो सङ्ख्या बढेर पाँच हजार ७८५ पुग्यो। अर्थात् नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्छन्।
अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन्।
एउटा व्यक्ति आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र उसलाई त्यसो गर्नबाट जोगाउने उपाय के हुन सक्छन्?
साप्ताहिक नेपाल सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझासँग गरिएको कुराकानी सुन्नुहोस्।