नेपालबाट २१ करोड रुपैयाँको कपाल निर्यात, माग बढेकोबढ्यै

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाली कपाल, विदेशी शिर

नेपालबाट निर्यात हुने सामग्रीमध्ये कपालको माग बढ्ने क्रममा रहेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार नेपालले आर्थिक वर्ष २०७५/०७६मा मात्र २१ करोड रुपैयाँको कपाल निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षमा १६ करोड रुपैयाँ बराबर कपाल निर्यात गरिएको थियो।

त्यसको चार वर्षअघि साढे दुई करोड बराबरको मात्र निर्यात गरिएको थियो। कपालका अतिरिक्त दाह्री, आँखीभौँ, परेला पनि निर्यात गरिन्छ।

विभिन्न ब्यूटीपार्लर र सैलुनले काटेको कपाल जम्मा पारेर कपाल वा कपालबाट बनेको विग निर्यात हुने गरेको बताइन्छ। नेपाल नाई सङ्घका अनुसार एउटा सैलुनबाट एक महिनामा झन्डै चारदेखि पाँच किलोग्राम कपाल जम्मा हुन्छ।

नेपालभरि झन्डै १६ हजार र काडमाण्डू उपत्यकामा मात्र झन्डै २५ सयजति सैलुनहरू छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि