कक्षामा ट्राफिक नियम सिकाउँदै जापानी कठपुतली

भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्राफिक नियम सिकाउँदै जापानी कठपुतली
Published

अधिकांश सडक दुर्घटना सवारीचालकका कारण हुने गरेको बताइन्छ। तर पैदलयात्रीको लापर्बाहीका कारण मृत्यु हुनेको सङ्ख्या पनि ठूलो रहेको ट्राफिक प्रहरीको भनाइ छ।

सडकमा हुने सबै खालका दुर्घटना घटाउन ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। तर विद्यालय तहबाटै चेतना अभाव रहेको प्रहरीको ठम्याइ छ।

उक्त समस्यालाई दृष्टिगत गरी जापानमा नौ वर्ष ट्राफिक प्रहरीको काम गरेकी आयुमी ओहासीले विद्यालयका बालबालिकालाई ट्राफिक नियम सिकाउन कठपुतलीको प्रयोग गरेकी छन्।

बालबालिकालाई ट्राफिक नियम सिकाउन कठपुतली जापानमा जस्तै नेपालमा पनि प्रभावकारी हुने उनको अपेक्षा छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि