सिङ्गापुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् बैठकबारे सामाजिक सञ्जालमा चासो र चर्चा

तस्बिर स्रोत, PMO/RSS
स्वास्थ्योपचारका फेरि सिङ्गापुर गएका प्रधानमन्त्री केपी ओलीले टेलिप्रिजेन्सबाट अर्थात् इन्टरनेटबाट भिडिओ वार्ता गर्दै मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेपछि सामाजिक सञ्जालमा त्यसको चर्चा भएको छ।
प्रधानमन्त्रीका समर्थकहरूले ओलीले पहिलो पटक त्यसरी बैठक गरेको भन्दै त्यसलाई 'नयाँ र प्रविधिमैत्री अभ्यास'को रूपमा अर्थ्याएका छन् भने केहीले सुरक्षा संवेदनशीलता र गोपनीयताको विषय उठाएका छन्।
ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी दिइसकेको अवस्थामा बिरामी प्रधानमन्त्रीले त्यसो गर्नुलाई 'अनावश्यक धपेडी' लिएको रूपमा समेत हेर्नेहरू छन्।
राष्ट्रिय महत्त्वका विषयमा छलफल हुने मन्त्रिपरिषद्को बैठक सामान्य अवस्थामा त्यसरी गर्नु आवश्यक नभएको तर्क पनि उठेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
गोपनीयता चुहिने जोखिम कति?
साइबर सुरक्षाविज्ञ सरोज लामिछानेका भनाइमा 'क्लाउड'को प्रयोग गरेर गरिएको भनिएको त्यस्तो बैठक आफैँले व्यवस्थापन गरिएको हो कि अन्य कसैको प्रयोग गरिएको हो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।
"त्यस्तो बैठक गरिँदा त्यसको डेटा कहाँ भण्डारण हुन्छ भन्नेमा नै गोपनीयता कायम रहेन वा चुहावटको जोखिम हुने भर पर्छ," उनी भन्छन्।
प्रधानमन्त्री कार्यालयका सूचनाप्रविधिविज्ञ असगर अली त्यस विषयमा आफूहरू सचेत रहेको बताउँछन्।
उनी भन्छन्, "यसरी हुने संवादमा सफ्टवेअर, उपकरण एवम् नेटवर्क कनेक्टिभिटी कुन र कसरी प्रयोग गरियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।"
"यी तीनवटै पक्ष हाम्रो नियन्त्रणमा रहेकाले गोपनीयता चुहिने विषयमा चिन्तित हुनुपर्दैन।"
टेलिप्रिजेन्सको सर्भर र ती उपकरणहरूबीच स्थापित हुने सम्बन्धका स्रोत र मार्गहरू भीपीएनमार्फत् फेरिने हुँदा त्यसको सुरक्षाबारे सन्देह व्यक्त गर्नु आवश्यक नरहेको अलीको तर्क छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
"कोडमा बदलिएको सामान्य भाषालाई प्रधानमन्त्री कार्यालयमा रहेको सर्भरले मात्र पहिचान गर्न सक्ने भएकाले त्यो बैठक सुरक्षित छ," बीबीसीलाई उनले भने।
अलीले फेसबुकमार्फत् समेत सुरक्षाका चासोबारे प्रस्ट्याएका छन्।
सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया?
जस्तोसुकै कठिन परिस्थितिमा समेत सक्रिय रहने भन्दै एकथरीले प्रधानमन्त्रीको प्रशंसा गरेका छन् भने अर्कोथरीले भने जे कामका लागि गएको हो त्यही गरेर स्वस्थ्य भएर फर्कन सुझाव दिएका छन्।

तस्बिर स्रोत, PMO/RSS
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका ईश्वर पोखरेलको मानमर्दन भएको भनेर तर्क गर्ने एक ट्विटर प्रयोगकर्ताको टिप्पणीमा यस्तो प्रतिक्रिया आएको छ - सम्बन्धित व्यतक्तिले आफ्नो "मानमर्दन" भएको अनुभव नगर्दासम्म के फरक पर्छ र!
प्रविधिका अनेक सुविधा उपलब्ध भएको यस समयमा यसरी बैठक हुनु सामान्य भएको टिप्पणी गरिएको पनि छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

X पोस्ट समाप्त, 4

X पोस्ट समाप्त, 5

X पोस्ट समाप्त, 6

X पोस्ट समाप्त, 7