रवि लामिछाने र अन्य दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता, हजारौँ समर्थकले गरे प्रदर्शन

रवि लामिछानेको समर्थनमा प्रदर्शन

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।

नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै तदनुरूप मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेपछि सो मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै उनीहरू तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको थियो।

सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्नो अनुसन्धान पूरा भएको जानकारी पत्रकार सम्मेलन गरेर दिएका थिए।

हाम्रा चितवन संवाददाता ईश्वर जोशीका अनुसार लामिछानेलाई मुद्दा दर्ता गरिँदा उनका हजारौँ समर्थकले प्रहरी कार्यालय र भरतपुरको चौबीसकोठीमा नाराबाजी गरेका थिए। तीमध्ये महिलाहरूको सङ्ख्या उल्लेख्य थियो।

रवि लामिछानेको समर्थनमा प्रदर्शन
Presentational white space

तीन जनालाई बिहान सवा नौ बजेतिर नै जिल्ला अदालत लगिएको थियो। मुद्दा भने दिउँसो दर्ता भएको हो।

लामिछानेको समर्थनमा प्रदर्शन गर्नेहरूमा कलाकार र पत्रकारहरू पनि भएको जोशीले बताएका छन्।

चितवनबाहेक अन्यत्र पनि लामिछाने निर्दोष रहेको र उनलाई फसाइन लागेको दाबी गरेर प्रदर्शन हुने गरेको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लामिछानेलाई हिरासतमै भेटेका थिए।

उनलाई भेट्न नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडु पनि गएका थिए। कलाकार दीपकराज गिरीले पनि उनलाई भेटेका थिए।

को हुन् शालिकराम पुडासैनी?

पत्रकार पुडासैनी पहिला रवि लामिछानेसँगै न्यूज ट्वेन्टीफोर टीभीमा कार्यरत थिए।

पछि उनी माउन्टेन टीभीमा काम गर्न थाले।

रवि लामिछानेको समर्थनमा प्रदर्शन

गत साउन २० गते चितवनको एउटा होटलको कोठामा पुडासैनीको शरीर झुन्डिएको अवस्थामा भेटियो।

त्यसरी आत्महत्या गर्नुअघि उनले आफ्नो मोबाइल फोनमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै खिचेको भिडिओ सार्वजनिक भयो।

त्यसपछि तीन जनालाई प्रहरीले काठमाण्डूबाट पक्राउ गरी अनुसन्धानका लागि चितवन लगेको थियो।

दोस्रो पटक थपिएको पाँचदिने म्याद सकिएपछि आइतवार बिहान लामिछानेसहित अन्य दुई जनालाई अदालतमा उपस्थित गरिएको थियो।

अब के हुन्छ?

मुद्दा दर्ता भइसकेपछि अब चितवन जिल्ला अदालतले अभियुक्तहरूको बयान लिनेछ।

त्यसपछि हुने थुनछेक बहसका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने निर्णय हुनेछ।

चितवन जिल्ला अदालत

आइतवार अभियुक्त अस्मिता कार्कीको बयान सकिएको र सोमवार बिहान १० बजे लामिछाने र कँडेलसँग बयान लिइने अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले बीबीसीलाई बताए।

आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3